वर्षको अन्तिम सेल अभियान दराज १२.१२ घोषणा (यस्ता छन् अफर)  « Khabarhub

वर्षको अन्तिम सेल अभियान दराज १२.१२ घोषणा (यस्ता छन् अफर) 


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – यस वर्षको ११.११ अभियानको सफलतापछि नेपालको अग्रणी अनलाइन बजार, दराजले वर्षको अन्तिम सेल अभियान दराज १२.१२ को घोषणा गरेको छ।

उक्त अभियान २४ मंसिर (११ डिसेम्बर) देखि सुरु भएको छ । १२.१२ मा दराज उपभोक्ताहरूले विशेष छुट ( ४००० रुपैयाँको मेघा भाउचर, बैंक कार्ड मार्फत १०% (अधिकतम २००० रुपैयाँसम्मको ) लाभ उठाउन सक्नेछन् ।

यस अभियानमा सनराइज बैंक, एनएमबी बैंक, बैंक अफ काठमाडौँ, सिटिजन्स बैंक र एभरेष्ट बैंकका कार्ड धारकहरूले क्रेडिट कार्डमार्फत १०% (अधिकतम रु. २०००) र डेबिट कार्ड मार्फत १०% (अधिकतम रु. १,०००) प्राप्त गर्न सक्नेछन्।

त्यसैगरी, ग्राहकहरूले अभियान अवधिभर आफ्नो ई सेवा र आईएमई–पे वालेटमार्फत भुक्तानी गर्दा सीमित समयभित्र १०% (अधिकतम रु ५००) सम्मको विशेष छुट पनि प्राप्त गर्न सक्नेछन्।

यस वर्षको १२.१२ मा फिलिप्स, सामसुङ्ग, लेनोभो, एर्क, लोट्टो, सीजी डिजिटल साथै अन्य धेरैका उत्पादनहरूमा ६०% सम्मको छुट रहेको कम्पनीले जनाएको छ। यसबाहेक ग्राहकहरूले फ्याशन, इलेक्ट्रोनिक्स, घरेलु उपकरणहरू जस्ता विभिन्न वर्गहरूमा फैलिएका १३ लाखभन्दा बढी उत्पादनहरूमा पनि विशेष डिल र अफरहरू पनि प्राप्त गर्न सक्नेछन्।

कम्पनीको अनुसार दराज १२.१२ एक बिक्री–सञ्चालित अभियान मात्र नभई देशभरका आफ्ना सारा ग्राहकहरूलाई वर्षभरिको अपार विश्वास र वफादारीका लागि धन्यवाद व्यक्त गर्ने एउटा माध्यम हो।

‘११.११ दराज र यसका सबै साझेदारहरूको लागि एक रेकर्ड-ब्रेकिङ अभियान थियो। हामी यस्तो कीर्तिमान हासिल गर्न पाउँदा हामी धेरै खुसी छौँ। यो सफलता देशभरका हाम्रा सबै ग्राहकहरूको माया र समर्थन बिना सम्भव हुने थिएन। हामी अब एउटा अन्तिम अभियान-१२.१२ को साथ २०२१ समेट्न चाहन्छौँ। हामी हाम्रा ग्राहकहरूलाई फेरि थप अफरहरू प्रदान गर्न पाउँदा धेरै खुसी छौँ। साँच्चै नै यो धेरै रोमाञ्चक छ।’ दराज नेपालका एमडी लिनो अलरिङ्गले भनेका छन् ।

के-के छन् अफरहरू ?

एक खेल एक रुपैयाँ अन्तर्गत ग्राहकहरूले केवल एक रुपैयाँमा श्री बालाजीको हिराको टप, एन्या गितार, रियलमि नार्जो, हाई ग्राउण्ड एडभेन्चर जिपलाइन र बन्जी, वर्ल्ड लिङ्क ३०० एमबिपीएसको १२ महिना टिभी र इन्टरनेट जस्ता पुरस्कारहरू जित्ने मौका पाउनेछन् ।
सहभागी हुनको लागि ग्राहकहरूले डेबिट-क्रेडिट कार्ड वा आईएमई–पे मार्फत एक रुपैयाँ अग्रिम भुक्तानी गर्नुपर्छ। यदि ग्राहकले नजितेमा सो रकम फिर्ता गरिनेछ।

त्यस्तै, नयाँ दराज प्रयोगकर्ताहरूले १२.१२ मा किनमेल गरे बापत रियलमी ८ स्मार्टफोन जित्ने मौका पनि पाउनेछन्। केवल दराजमा साइन अप गरी दराजमा आफ्नो पहिलो अर्डर राखे बापत प्रयोगकर्ताहरू स्मार्टफोन जित्नको लागि योग्य हुनेछन्। यति मात्र नभई, १२.१२ मा किनमेल गर्ने ग्राहकहरूले मेघा–गिभवे अन्तर्गत बाल्ट्राको फ्रन्ट लोडिङ १० केजी वाशिङ मेसिन जित्ने मौका पाउनेछन्।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ११ : ०० बजे

दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह

काठमाडौं– प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र नभई

सहकारीको बेथितिसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरिने

काठमाडौं– सरकारले सहकारीमा भएको बेथिति सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक

‘प्रधानमन्त्री काममा व्यस्त हुनुहुन्छ, बोल्नुपर्ने ठाउँमा बोल्नुहुन्छ’

काठमाडौं- सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाहको

क्रियाशील सदस्यता अद्यावधिक गर्न कांग्रेसले तोक्यो विशेष जिम्मेवारी

काठमाडौं– नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकलाई सहज र द्रुत गतिमा

धानको न्यूनतम समर्थन मूल्य : मोटो प्रतिक्विन्टल ३६६० र मध्यम ३८६० रुपैयाँ

काठमाडौं– सरकारले आगामी आर्थिक बर्षका लागि धानको न्यूनतम समर्थन मूल्य