अस्थायी मोटरेबल पुल निर्माण | Khabarhub Khabarhub

अस्थायी मोटरेबल पुल निर्माण


२८ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- लमजुङको उत्तरी भेग मर्स्याङ्दी गाउँपालिका वडा नं ४ स्यागे र वडा नं ५ घेर्मुलाई जोड्ने अस्थायी मोटरेबल काठको पुल निर्माण गरेका छन्  ।

स्यागेका समाजसेवी नरबहादुर गुरुङको विेशष सक्रियतामा   पुल निर्माण भएको हो ।

नवनिर्मित पुलको समाजसेवी स्थानीय स्व.मुक्तबहादुर गुरुङका श्रीमतीद्वय कुमालेस्यो र दिलमाया गुरुङले संयूक्त रुपमा उद्घाटन गरे ।

पुल निर्माण भएसँगै गाउँगाउँमा उत्पादित तरकारी  बजारसम्म लैजानका लागि सहज भएको छ ।

गाउँमा बिरामी परेको बेलामा एम्बुलेन्स समेत सहज रुपमा आउन सक्ने भएकाले स्थानीयहरुलाई धेरै फाइदा पुग्ने उनीहरूको भनाइ छ ।

पुल बनाउन कूल रु ४ लाख ६६ हजार १६ मा सङ्कलन भएको स्थानीयको भनाइ छ । पुल निर्माण उपभोक्ता समितिका सचिव घनश्याम घलेले सङ्कलित सो रकम मध्ये रु २ लाख ७८ हजार १५  पुल निर्माणमा खर्च  भएको बताए ।

घेर्मु गाउँमा पहिलो पटक मोटर पुग्दा स्थानीय निकै हर्षित भएका छन् ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ७ : ५५ बजे

छामछुम समिति : रवि जोखिममा, अरु धरापमा

यो आलेख तयार पार्दासम्म सहकारी क्षेत्रको बेथितिमाथि छानविनका लागि संसदीय

नेप्सेमा देखियो समस्या, केहीबेरमा समाधान हुने 

काठमाडौं–नेपाल स्टक एक्चेञ्जमा समस्या देखिएको छ । नेप्से बन्द हुनु

फेरि सर्‍यो प्रतिनिधिसभा बैठक 

काठमाडौं– सत्तापक्ष र प्रतिपक्षबीच सहकारी ठगी प्रकरण छानबिनका लागि गठन

प्रधानमन्त्रीको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्च पुगे उपेन्द्र

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले

राष्ट्रिय सभा बैठक बस्दै नबसी स्थगित 

काठमाडौं– संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभा बैठक स्थगित भएको