कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न सर्वोच्चको फैसला « Khabarhub

कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न सर्वोच्चको फैसला


२८ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सर्वोच्च अदालतले कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुला गरेको छ ।

मंगलबार न्यायधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले पाठ्यक्रम सम्बन्धी मुद्दा खारेज गर्दै नयाँ पाठ्यक्रम लागू गर्न निर्देशनात्मक आदेश दिएको हो ।

यस अघि सर्वोच्च अदालतले यही कातिक २० गते नयाँ पाठ्यक्रमअनुसार पढाउने वा पुरानैलाई निरन्तरता दिने विषयमा सरकारसहितलाई छलफलमा बोलाउन अल्पकालीन आदेश दिएको थियो ।

सर्वोच्चले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिट खारेज गरेको हो ।

प्रारूपअनुसार पाठ्यक्रम बनेर कार्यान्वयनमा गएको आठ महिनापछि अदालतमा रिट परेको थियो। भगवता अर्यालले अधिकार क्षेत्रको विषयमा प्रश्न उठाउँदै अदालतमा रिट दायर गरेकी थिइन्।

उक्त रिटमा न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ कार्यान्वयन नगर्नू, यथास्थितिमा राख्नु’ भन्ने अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

सर्वोच्चको अन्तरिम आदेशपछि कक्षा ११ मा अधिकांशले नयाँ पाठ्यक्रमअनुसार पढाए पनि केही विद्यालयहरूले पुरानो पाठ्यक्रमसँग मिल्दो जुल्दो विषय र केही विद्यालयहरूले पुरानै पाठ्यक्रम अनुसार पढाउँदै आएका थिए ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ५ : १० बजे

कांग्रेस सभापतिको शपथग्रहण फूलपातीका दिन, अन्यको दशैँपछि

काठमाडौँ– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको

ककरोच जनता पार्टीका दिपके फेरि पक्राउ

काठमाडौं- ककरोच जनता पार्टीका प्रमुख अभिजीत दिपके फेरि पक्राउ परेका

दसैँ बिदामा पनि टेकु अस्पताल खुला रहने

काठमाडौँ – काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले

स्थानीय तहको विकासका लागि योग्य नेतृत्व आवश्यक : रास्वपा प्रवक्ता खरेल    

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले स्थानीय

बाबुरामले हातमा कांग्रेसको रुख लिएर के भने ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विभिन्न दृश्य–अदृश्य दबाबका बाबजुद