सञ्चारमन्त्री गुरुङको प्रश्न : ताजा जनादेशमा जाऔँ भन्नु कसरी असंवैधानिक ? | Khabarhub Khabarhub

सञ्चारमन्त्री गुरुङको प्रश्न : ताजा जनादेशमा जाऔँ भन्नु कसरी असंवैधानिक ?


२८ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले चुनाव घोषणा गरेर ताजा जनादेशमा जाऔँ भन्नु असंवैधानिक कदम हुनै नसक्ने बताएका छन ।

काठमाडौँमा आज क्रियाशील दलित पत्रकार सङ्घ नेपालको प्रथम वार्षिक साधारणसभामा मन्त्री गुरुङले ताजा जनादेशमा जाने कुराले स्वतन्त्रता हनन भयो वा ‘कु’ भयो भन्नु सरासर गलत भएको बताए ।

उनले अहिलेको परिस्थितिमा नयाँ निर्वाचनमा जानुको कुनै विकल्प नभएको समेत बताए ।

“मुलुकलाई अनिर्णयको बन्दी बनाउनुभन्दा नयाँ जनादेशमा जाऔँ भन्नु कहाँको असंवैधानिक हो ?”, सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले प्रश्न गरे ।

मन्त्री गुरुङले तत्कालीन माओवादीले जनयुद्धको समयमा प्रयोग गरेको ढाडमा टेकेर टाउकामा हान्ने रणनीति अहिले प्रचण्ड–नेपाल समूहले नक्कल गरेको उल्लेख गर्दै सो रणनीति सफल हुनै नसक्ने दाबी गरे ।

“ढाडमा टेकेर टाउकामा हान्ने रणनीति हिजो असफल थियो, अहिले पनि असफल हुन्छ र भोलि पनि असफल नै हुनेछ”, मन्त्री गुरुङले भने, “अहिलेको अवस्थामा राजनीतिक निकास चुनावबाट मात्र आउने भएकाले सबै राजनीतिक पार्टीहरु यसको तयारीमा लागौँ ।”

उनले प्रेस स्वतन्त्रताका नाममा पत्रकारले अराजकता निम्त्याउने भूमिका खेल्न नहुने धारणा राखे ।

पत्रकारले समाजलाई दिशानिर्देन गर्नुपर्नेमा जोड दिँदै उनले भने, “प्रेस स्वतन्त्रताको नाममा अराजकता निम्त्याउने भूमिकामा पत्रकार लाग्नु हुँदैन ।”

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ५ : ५१ बजे

सुरुङ छिचोल्न प्रधानमन्त्री लगिएको सुनकोशी-मरिन आयोजना कस्तो ?

काठमाडौं – प्रधानमन्त्री पुष्पमकल दाहालले सिन्धुलीको सुनकोशी गाउँपालिकामा पुगी राष्ट्रिय

कानून दिवस मनाइयो

काठमाडौं– नेपालमा कानून दिवस विविध कार्यक्रम आयोजना गरी मनाइएको छ

माओवादी केन्द्रका सल्लाहकार खड्काको निधन

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सल्लाहकार प्राध्यापक

घरेलु तथा साना उद्योगलाई सरकारले प्राथमिकतामा राख्नुपर्‍यो : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको अर्थतन्त्रको जगका रूपमा रहेको लघु,

कोशीमा सांसदहरूलाई विराटनगर नछोड्न एमाले र माओवादीको निर्देशन

विराटनगर- कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि रस्साकस्सी चलिरहँदा दुई