संविधान पढेर युवाहरुले गरे संसद विघटनको विरोध (भिडियोसहित) « Khabarhub

संविधान पढेर युवाहरुले गरे संसद विघटनको विरोध (भिडियोसहित)


२८ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसद विघटन असंवैधानिक कदम भएको भन्दै युवाहरुले काठमाडौँको माइतीघरमा संविधान पढेर सांकेतिक रुपमा  विरोध प्रदर्शन गरेका छन् ।

नेपाली कांग्रेस युवा प्रचार नेटवर्कमा आवद्धहरुले संविधानमा हुँदै नभएको प्रावधानलाई टेकेर संसद विघटन गरिएको भन्दै मंगलबार काठमाडौंको माइतीघरमा संविधान पढेर विरोध प्रर्दशन गरेका हुन् ।

हेरौँ भिडियो

प्रदर्शनका क्रममा उनीहरुले संविधानमा संसद विघटनको व्यवस्था खोज्दै रचनात्मक विरोध गरेका थिए । मुलुकमा हत्या, हिंसा, बलात्कार, भ्रष्टचारका घटना बढ्दा सरकार भने पदको जोडघटाउमा लागेको उनीहरले आरोप लगाए ।

मुलुकले लामो समयपछि संविधान निर्माण भएपछि अहिले सरकारले संविधानमाथि ‘कु’ गरेको उनीहरुको आरोप छ ।

उनीहरुले सरकारको कदमले लोकतन्त्र खतरामा परेको तर्क समेत गरेका छन् ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ८ : १२ बजे

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले

स्वास्थ्य बीमा बोर्डले गर्‍यो सेवा प्रदायक स्वास्थ्य संस्थालाई वैशाखसम्मको भुक्तानी

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था तथा

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

हर्मुज जलडमरूमध्यमा इरानले नियन्त्रणमा लिएको भनिएको ‘डाइभ-एलडी’ कस्तो उपकरण हो?

काठमाडौं- इरान र अमेरिकाबीच मध्यपूर्वी क्षेत्रमा सैन्य तनाव उत्कर्षमा पुगेका