कांग्रेसद्वारा कोरोनाको खोप यथाशीघ्र भित्र्याई निःशुल्क वितरण गर्न आग्रह « Khabarhub

कांग्रेसद्वारा कोरोनाको खोप यथाशीघ्र भित्र्याई निःशुल्क वितरण गर्न आग्रह


२८ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड—१९ को खोप नेपालमा यथाशक्य छिटो भित्र्याउन र जनतालाई निःशुल्क उपलब्ध गराउने प्रबन्ध मिलाउन सरकारसँग आग्रह गरेको छ ।

कांग्रेस, सूचना, सञ्चार तथा प्रचार केन्द्रीय विभागले कोभिड–१९ को उपचार र रोकथामलाई पहिलो प्राथमिकतामा राखी व्यवस्थापन गर्न तथा विश्व बजारमा आइपुगेको खोप भित्र्याई निःशुल्क उपलब्ध गराउन आग्रह गरेको हो ।

विभागको बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीले देशव्यापी रुपमा सञ्चालन गरिरहेको विरोध कार्यक्रममा सहभागिता बढाउनका लागि मिडिया तथा सूचना प्रविधिको अधिकतम उपयोग गर्ने निर्णयसमेत गरेको छ ।

बैठकले यसअघिको निर्णयानुरुप पार्टीको परिमार्जित रूपमा सार्वजनिक गरिएको वेबसाइटलाई अझ परिष्कृत गर्दै लैजाने, पार्टीका आठै संसदीय दल, जिल्ला कार्यसमिति, भ्रातृ र शुभेच्छुक संस्था एवं विदेशस्थित नेपाली जनसम्पर्क समितिको वेबसाइट सञ्चालनका लागि निर्मित करीब डेढ सय ‘सब डोमेन’ को कार्यान्वयन प्रक्रियालाई आगामी माघ १५ गतेसम्म सार्थक गतिमा अघि बढाउने निर्णय गरेको छ ।

विभागले गत छ महिनायता हरेक मङ्गलबारदेखि शुक्रबारसम्म सांँझ ७.१५ बजे पार्टीको फेसबुक पेजबाट नियमित लाइभमा जारी खुला अन्तरक्रियाको कार्यक्रम ‘छहारी संवाद’ लाई निरन्तरता दिंँदै स्रोता क्लब गठन गर्ने निर्णय गरेको सचिव दिनेश थापा मगरले जानकारी दिए । विभागले केही सदस्यको जिम्मेवारी हेरफेर तथा विभिन्न उपसमिति र कार्यदलसमेत गठन गरिएको छ ।

यसैगरी बैठकले विभाग प्रमुख विश्वप्रकाश शर्माका संयोजकत्वमा देशका लागि कांग्रेसको आगामी १५ वर्षे परिकल्पनाको प्रारम्भिक खाका तर्जुमा कार्यदलसमेत गठन गरेको छ । कांग्रेसको नीति, विचार र सिद्धान्तलाई नागरिकसम्म पु¥याउन प्रविधिको अधिकतम प्रयोग गर्ने नीतिबमोजिम आगामी फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा कांग्रेस एप सार्वजनिक गर्ने निर्णयसमेत गरिएको उनले बताए ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  १० : ४५ बजे

रासायनिक मललाई प्रतिस्थापन गर्दै गँड्यौला मल

सिरहा– धनगढीमाई नगरपालिका–१० दनुवारी टोलकी अनिता महतोलाई अचेल रासायनिक मलको

आईपीएल क्रिकेट : लखनउसँग बैंगलुरु ९ रनले पराजित

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्ससँग रोयल

बचत तथा ऋणको कारोबार गर्न एघार हजार ६०० सहकारी दर्ताको प्रक्रियामा

काठमाडौं– राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा एघार हजार ६०० सहकारी दर्ताको

३३औँ प्रधानन्यायाधीशको नेतृत्व गर्दै डा. शर्मा

काठमाडौं– संवैधानिक परिषद्ले भावी प्रधानन्यायाधीशका रूपमा सर्वोच्च अदालतका न्यायाधीश डा

काठमाडौं उपत्यकामा ट्राफिक चेकजाँचमा कडाइ

काठमाडौं– काठमाडौँ उपत्यकामा बढ्दो सवारी चापसँगै दुर्घटनाका घटना नियन्त्रण गर्न