संसद विघटनविरुद्ध महिलाहरुद्वारा पृथक शैलीको प्रदर्शन (भिडियोसहित) « Khabarhub

संसद विघटनविरुद्ध महिलाहरुद्वारा पृथक शैलीको प्रदर्शन (भिडियोसहित)


२८ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा विघटन असंवैधानिक कदम भएको भन्दै नागरिक समाजका अगुवाहरुले मंगलबार काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा भएको विरोध प्रदर्शनमा कलाकार, लेखक तथा सर्वसाधारणहरु सहभागी भएका थिए ।

प्रदर्शनमा सहभागी भएकाहरुमध्ये महिलाहरुको प्रदर्शन पृथक थियो । उनीहरुले मुखमा ‘असंवैधानिक’ लेखिएको मास्क लगाएर बाजाको तालमा नाच्दै, लयमा लय मिलाउँदै संसद विघटन विरुद्ध नाराबाजी गरेका थिए ।

उनीहरूले ‘कानूनमाथि को रैछन् केपी ओली पो रैछन’, ‘जनता रोगले ग्रस्त छन् ओली गफमा मस्त छन्’ जस्ता नारा लगाएका थिए ।

हेरौँ भिडियो

‘पोलिटिकल लिट्रेसी फर वोमेन’का सदस्य रहेका उनीहरुले गरेको फरक शैलीमा विरोधले सबैको ध्यान खिचेको थियो ।

सभालाई नेपाल बार एशोसियसनका अध्यक्षर चण्डेश्वर श्रेष्ठ, पत्रकार महासंघका उपाध्यक्ष दीलिप थापा, अभियन्ता सीएन थारु, अपांगता समूहका प्रतिनिधि भोजराज श्रेष्ठ, युग पाठक लगायतले सम्बोधन गरेका थिए । उनीहरुले प्रतिनिधिसभा विघटन प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई थप अस्थिरतातर्फ धकेल्ने प्रयत्न भएको आरोप लगाए ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ९ : ३३ बजे

प्रधानमन्त्री कप : त्रिभुवन आर्मी क्लब १३८ रनले विजयी

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत  आज भएको खेलमा त्रिभुवन

मध्यम शक्ति बन्न अग्रसर पाकिस्तानको क्षेत्रीय कूटनीतिमा बढ्दो भूमिका

काठमाडौं- इरानसँग अमेरिका र इजरायलको बढ्दो द्वन्द्व तथा खाडी क्षेत्रको

निफमा ‘राजागंज’ सर्वोत्कृष्ट, नाजिर र सुरक्षाले जिते अवार्ड, नेपालबाट ‘गुन्यू चोलो’ले पायो अवार्ड

काठमाडौं- नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा सर्वोत्कृष्ट

मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात

मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्र—१ को मुक्तिनाथ क्षेत्रलगायत मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो

तालिमपछि महिलामा बढेको आत्मविश्वास

धरान– चार वर्षदेखि इटहरीमा इलेक्ट्रोनिक्स पसल सञ्चालन गर्दै आएकी भावना