संविधानविद् आचार्यले लेखे– ‘चाटुकार’ र ‘लम्पट’हरुले प्रधानमन्त्रीलाई स्वविवेक प्रयोग गर्न नदिँदा दुःख भोग्दैछौँ « Khabarhub

संविधानविद् आचार्यले लेखे– ‘चाटुकार’ र ‘लम्पट’हरुले प्रधानमन्त्रीलाई स्वविवेक प्रयोग गर्न नदिँदा दुःख भोग्दैछौँ


२८ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संविधानिवद भिमार्जुन आचार्यले प्रधानमन्त्रीलाई आफ्नो विवेक अनुसार चल्न नदिँदाको परिणाम आज मुलुकले भोगिरहेको बताएका छन् ।

उनले संसद विघटनको कदममाथि असहमति रहेपनि भारतीय मिडियाका लागि प्रधानमन्त्रीले दिएको अन्तर्वार्ता गर्व गर्न लायक रहेको बताएका छन् ।

‘कानून र संविधानमाथि ओली र वहाँको सरकारले गरेका तमाम हर्कतमाथि मेरा असहमति छन। तर, प्रधानमन्त्री ओलीले हालसालै भारतीय मिडियाका लागि दिनु भएको अन्तर्वार्ताको म उच्च सम्मान गर्छु’, उनले फेसबुकमा लेखेका छन् , ‘देशको सार्वभौमिकता र स्वाधीनताको सम्मान र प्रतिरक्षा गर्नु हरेक नागरिक र राज्यका पदाधिकारीको कर्तव्य हो । प्रधानमन्त्रीले अन्तर्वार्तामार्फत यो कर्तव्य पूर्णरुपमा पालना गर्नु भएको छ ।’

उनले अरूको उस्काहटमा नलागेर कानून-संविधान र आफ्नो विवेक अनुसार प्रधानमन्त्री चलेको भए अथाव उनलाई चल्न दिइएको भए मुलुकले उनीमाथि सधैँ गर्व गर्न सक्ने उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘वहाँ निकटस्थ कतिपय चाटुकार र लम्पटहरूले ( यो देशको प्रगती र समृद्धिका वाधक ) वहाँलाई कानून र विवेक अनुसार चल्न दिएनन् । जसको sufferer आज स्वयम् प्रधानमन्त्री र सिंगो मुलुक हुन पुगेको छ । जय देश ।’

उनले फेसबुकमा यस्तो लेखेका छन्-

कानून र संविधानमाथि ओली र वहाँको सरकारले गरेका तमाम हर्कतमाथि मेरा असहमति छन। तर, प्रधानमन्त्री ओलीले हालसालै भारतीय…

Posted by Bhimarjun Acharya on Tuesday, 12 January 2021

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  १० : ०५ बजे

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको

राष्ट्रपति पौडेलले देउवा, ओली र प्रचण्डसँग संवाद गर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग भेटवार्ता

लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

अमरगढी– भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा