अनसनरत गंगामायाको जीवन रक्षाको माग राख्दै प्रदर्शन (भिडियोसहित) « Khabarhub

अनसनरत गंगामायाको जीवन रक्षाको माग राख्दै प्रदर्शन (भिडियोसहित)


२८ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– छोराको हत्यारालाई कारबाहीको माग राखेर लामो समयदेखि संघर्षतरत गोर्खा फुजेलकी गंगामाया अधिकारीको जीवनरक्षाको माग गर्दै मंगलबार काठमाडौंमा मानवअधिकारवादीहरुले शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।

तीन साता लामो आमरण अनसनका कारण अधिकारीको स्वास्थ्य अवस्था अत्यन्त नाजुक भएको भन्दै उनीहरुले सरकारको खबरदारी गर्दै वीर अस्पताल अगाडि प्रदर्शन गरेका हुन ।

हेरौँ भिडियो

२०६१ साल जेठको २४ गते आफ्ना मावली हजुरबा हजुरआमा भेट्न चितवन आएका बेला अधिकारीका १६ वर्षीय छोरा कृण्णप्रसाद अधिकारीको हत्या भएको थियो ।

गंगामायाको स्वास्थ्य विग्रिएको भन्दैसरकारलाई दबाब दिन ‘गंगामाया बचाऔँ’ अभियान गर्नुपरेको मानवअधिकारवादी इन्द्र अर्यालले बताए ।

आफ्ना छोराका हत्याराका साथै पतिलाई अनशनमै मर्न विवश बनाउने राज्यका पदाधिकारीहरुलाई समेत कारबाहीको माग गर्दै गंगामाया अधिकारी अहिले बाह्रौं पटक आमरण अनशनमा बसेको पनि २२ दिन भएको छ ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  १० : १४ बजे

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको

राष्ट्रपति पौडेलले देउवा, ओली र प्रचण्डसँग संवाद गर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग भेटवार्ता

लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

अमरगढी– भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा