१० हजार घुससहित प्रहरी हवल्दार पक्राउ « Khabarhub

१० हजार घुससहित प्रहरी हवल्दार पक्राउ


२८ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १० हजार घुससहित एक जना महिला प्रहरी हवल्दार पक्राउ परेकी छन् ।

ईलाका प्रहरी कार्यालय, बेलचौतारा, तनहुँको महिला तथा बालबालिका सेवा केन्द्रमा कार्यरत प्रहरी हबल्दार शान्ति भण्डारी १० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेकी हुन्।

भण्डारीले उक्त कार्यालयबाट नियन्त्रणमा लिएको व्यक्ति छुटाइदिने भन्दै सेवाग्राहीसँग घुस रकम लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

विशेष सूचनाका आधारमा आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले हवल्दार भण्डारीलाई सेवाग्राहीबाट रकम लिइसकेको अवस्थामा रकमसहित नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  १० : ५९ बजे

कांग्रेस सभापतिको शपथग्रहण फूलपातीका दिन, अन्यको दशैँपछि

काठमाडौँ– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको

ककरोच जनता पार्टीका दिपके फेरि पक्राउ

काठमाडौं- ककरोच जनता पार्टीका प्रमुख अभिजीत दिपके फेरि पक्राउ परेका

दसैँ बिदामा पनि टेकु अस्पताल खुला रहने

काठमाडौँ – काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले

स्थानीय तहको विकासका लागि योग्य नेतृत्व आवश्यक : रास्वपा प्रवक्ता खरेल    

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले स्थानीय

बाबुरामले हातमा कांग्रेसको रुख लिएर के भने ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विभिन्न दृश्य–अदृश्य दबाबका बाबजुद