कोरोना नियन्त्रणका नियम पालना नगर्ने कतारका ६ वटा ब्यापारिक केन्द्र बन्द « Khabarhub

कोरोना नियन्त्रणका नियम पालना नगर्ने कतारका ६ वटा ब्यापारिक केन्द्र बन्द


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कतारमा सामाजिक दूरीलगायतका कोभिड- १९ प्रोटोकलको पालना नगरी भीडभाड गर्ने सफारी मललगायतका ६  ब्यापारिक केन्द्र बन्द गरिदिएको छ ।

कतारको वाणिज्य र उद्योग मन्त्रालयले केही स्टोर र प्रतिष्ठानहरूले कोरोना भाइरस नियन्त्रणका लागि लागू गरिएका नियम उल्लंघन गरेपछि कारबाही गरिएको जनाएको छ ।

मन्त्रालयका अनुसार बन्द गरिएका महल तथा पसलहरूमा  पर्ल-कतार, अल वाक्राको होम सिटी, अबु हम्मूरको सफारी मल्ल, ऐन खालिदमा डाइटर परामर्श, सौक वाकिफको एन्नाबी क्याफेटेरिया ९२ र पुरानो एयरपोर्ट क्षेत्रको अल रवानाक ट्रेडिंग कम्पनी छन् ।

मन्त्रालयले यसअघि नियम उलङ्घन नियन्त्रण गर्न आफ्नो निरीक्षण अभियान तीव्र पार्ने बताइसकेको थियो । मन्त्रालयले सबै नागरिक र बासिन्दालाई दर्ता र व्यावसायिक इजाजतपत्र, वा सावधानी र रोकथाम उपायहरूको उल्लंघन गरेको देखेमा मन्त्रालयलाई रिपोर्ट गर्नसमेत आग्रह गरेको छ ।

कतारले कोरोना संक्रमण बढेसंगै कोभिड सुरक्षा सावधानीका नियमहरू गत हप्ता फेरि लागू गरेको छ ।

सरकारले जारी गरेको ३२ बुँदे सूचना पूर्ण पालना गर्न कतारमा कार्यरत नेपाली श्रमिकलाई नेपाली दूतावासले पनि अनुरोध गरेको छ ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ९ : ४५ बजे

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा आज सरसफाइ गरिएको

ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न एक जना पक्राउ

काठमाडौं – ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरको

बालुवाटारमा रवि–बालेनबीच ४५ मिनेट भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल रास्वपाका सभापति

सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि

विशेष महाधिवेशनले कांग्रेस झन् कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनको प्रक्रियाका