मन्त्रीको अंगरक्षकबाट सशस्त्रलाई हटाउने तयारी | Khabarhub Khabarhub

मन्त्रीको अंगरक्षकबाट सशस्त्रलाई हटाउने तयारी


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश मन्त्रीहरूको अंगरक्षकमा खटिएको सशस्त्र प्रहरी फिर्ता हुने विषयमा प्रदेश २ सुरक्षा समितिले दुई वटा निर्णय गरेका छन् ।

बिहीबार बसेको प्रदेश सुरक्षा समितिको बैठकले अकास्मिक रुपमा सशस्त्र प्रहरी फिर्ता गर्ने कुरा तत्काल लागु नहुने र विकल्प छिट्टो पठाउन पहल गर्ने निर्णय गरेका छन् ।

बैठकमा सहभागि आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले सशस्त्र प्रहरी केन्द्रको मातहतमा रहेको भन्दै केन्द्रले नयाँ कार्यविधि बनाएर हटाउने निर्णय गरेको बताए ।

तत्काल व्यवस्था नभएसम्म हटाउन नपाउने र सशस्त्र प्रहरीको ठाउँमा अंगरक्षकको रुपमा अर्को दर्जाको सुरक्षाकर्मी छिट्टो पठाउन पहल गर्ने निर्णय भएको उनले जानकारी दिए ।

‘सुरक्षाको प्रबन्ध नभए सम्म सशस्त्र प्रहरी फिर्ता हुँदैनन् । नेपाल प्रहरी (जनपथ)सँग बिना सल्लाह, बीना जानकारी केन्द्रले गरेको निर्णय गल्त हो,’ बैठक बारे जानकारी गराउँदै उनले भने, ‘आज पत्राचार गर्‍यो भोलिदेखि फिर्ता लैजाने हुँदैनन् । अर्को व्यवस्था नभएसम्म सशस्त्र प्रहरीले नै सुरक्षा दिने सहमति भएको छ ।’ सशस्त्र प्रहरीको ठाउँमा नेपाल प्रहरी खटाउने तयारी भइरहेको छ ।

मन्त्रीको सुरक्षामा खटिएको सशस्त्र प्रहरीलाई फिर्ता बोलाएर नेपाल प्रहरीलाई खटाउन पहल गर्न सशस्त्र प्रहरीका प्रहरी महानिरीक्षक (डिआइजी) राजु अर्याल र नेपाल प्रहरीका (डिआइजी) धिरज प्रताप सिंहलाई जिम्मेवारी दिएको छ ।

गृह मन्त्रालयले सशस्त्र प्रहरी कार्यालय प्रदेश २ मा बुधबार नयाँ कार्यविधि पठाएर सशस्त्र प्रहरी अंगरक्षक हटाउन निर्देशन दिएको थियो । अर्यालले प्रदेशको सबै मन्त्रालयमा बिहीबार सशस्त्र प्रहरी फिर्ता बोलाइने जानकारीसहित पत्राचार गरेको थियो ।

प्रदेश २ सरकारका मन्त्रीहरूका लागि मात्रै करिब ३२ जना सशस्त्र प्रहरीको वरिष्ठ हवल्दार र हवल्दार खटिएका छन् । प्रदेश सरकारका अरु मन्त्रीहरूलाई २–२ जना सशस्त्र प्रहरी र आन्तरिक मामिला तथा कानुनमन्त्रीलाई आठ जना सशस्त्र प्रहरी खटाइएको छ ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  १० : ४४ बजे

तीन दिने विद्यार्थी महोत्सव : आन्दोलनबाट उठेको छविलाई सिर्जनशील अभियानतिर लैजाने प्रयास

काठमाडौं- नेकपा एमालेनिकट अनेरास्ववियुले काठमाडौंमा तीन दिनसम्म आयोजना गरेको विद्यार्थी

आजका समाचार : कोशी सरकार विस्तारदेखि संघका मन्त्रीको सम्पत्ति सार्वजनिक गरिनेसम्म

प्रधानमन्त्रीकाे आग्रह- निजी क्षेत्र ढुक्क भएर विद्युत् उत्पादनमा लाग्नुहोस् प्रधानमन्त्री

धनमाल चोरीमा संलग्न रहेकाे आराेपमा छ जना पक्राउ

काठमाडौं– ललितपुरको खोकना स्थित एक घरमा कोही नभएको बेला गहना

कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा बालेन शाह

काठमाडौं– काठमाडौँ महानगरका मेयर बालेन शाह कान्स फिल्म फेस्टिभलको ७७औँ

कांग्रेस संसद् विघटनको हाउगुजी झिक्दैछ, उसले जे भन्छ मान्नुपर्ने छैन : केपी ओली

वीरगञ्ज- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जेठ १५ गतेभित्रै