मन्त्रीको अंगरक्षकबाट सशस्त्रलाई हटाउने तयारी « Khabarhub

मन्त्रीको अंगरक्षकबाट सशस्त्रलाई हटाउने तयारी


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश मन्त्रीहरूको अंगरक्षकमा खटिएको सशस्त्र प्रहरी फिर्ता हुने विषयमा प्रदेश २ सुरक्षा समितिले दुई वटा निर्णय गरेका छन् ।

बिहीबार बसेको प्रदेश सुरक्षा समितिको बैठकले अकास्मिक रुपमा सशस्त्र प्रहरी फिर्ता गर्ने कुरा तत्काल लागु नहुने र विकल्प छिट्टो पठाउन पहल गर्ने निर्णय गरेका छन् ।

बैठकमा सहभागि आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले सशस्त्र प्रहरी केन्द्रको मातहतमा रहेको भन्दै केन्द्रले नयाँ कार्यविधि बनाएर हटाउने निर्णय गरेको बताए ।

तत्काल व्यवस्था नभएसम्म हटाउन नपाउने र सशस्त्र प्रहरीको ठाउँमा अंगरक्षकको रुपमा अर्को दर्जाको सुरक्षाकर्मी छिट्टो पठाउन पहल गर्ने निर्णय भएको उनले जानकारी दिए ।

‘सुरक्षाको प्रबन्ध नभए सम्म सशस्त्र प्रहरी फिर्ता हुँदैनन् । नेपाल प्रहरी (जनपथ)सँग बिना सल्लाह, बीना जानकारी केन्द्रले गरेको निर्णय गल्त हो,’ बैठक बारे जानकारी गराउँदै उनले भने, ‘आज पत्राचार गर्‍यो भोलिदेखि फिर्ता लैजाने हुँदैनन् । अर्को व्यवस्था नभएसम्म सशस्त्र प्रहरीले नै सुरक्षा दिने सहमति भएको छ ।’ सशस्त्र प्रहरीको ठाउँमा नेपाल प्रहरी खटाउने तयारी भइरहेको छ ।

मन्त्रीको सुरक्षामा खटिएको सशस्त्र प्रहरीलाई फिर्ता बोलाएर नेपाल प्रहरीलाई खटाउन पहल गर्न सशस्त्र प्रहरीका प्रहरी महानिरीक्षक (डिआइजी) राजु अर्याल र नेपाल प्रहरीका (डिआइजी) धिरज प्रताप सिंहलाई जिम्मेवारी दिएको छ ।

गृह मन्त्रालयले सशस्त्र प्रहरी कार्यालय प्रदेश २ मा बुधबार नयाँ कार्यविधि पठाएर सशस्त्र प्रहरी अंगरक्षक हटाउन निर्देशन दिएको थियो । अर्यालले प्रदेशको सबै मन्त्रालयमा बिहीबार सशस्त्र प्रहरी फिर्ता बोलाइने जानकारीसहित पत्राचार गरेको थियो ।

प्रदेश २ सरकारका मन्त्रीहरूका लागि मात्रै करिब ३२ जना सशस्त्र प्रहरीको वरिष्ठ हवल्दार र हवल्दार खटिएका छन् । प्रदेश सरकारका अरु मन्त्रीहरूलाई २–२ जना सशस्त्र प्रहरी र आन्तरिक मामिला तथा कानुनमन्त्रीलाई आठ जना सशस्त्र प्रहरी खटाइएको छ ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  १० : ४४ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था