एक चुरोटले फेरिएको अभिनेता प्राणको भाग्य « Khabarhub

एक चुरोटले फेरिएको अभिनेता प्राणको भाग्य


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउड अभिनेता प्राणले आफ्नो अभिनय करियरमा झण्डै ३ सय ५० बढी फिल्ममा अभिनय गरे ।

सकारात्मक होस् या नकारात्मक भूमिका, उनलाई दुवै भूमिकामा दर्शकले उत्तिकै रुचाए । उनलाई दर्शकले भिलेन चरित्रमा बढी मनपराए । बलिउडमा एक चुरोटले प्राणको भाग्य फेरिएको किस्सा अझै लोकप्रिय छ ।

प्राण चुरोटको सौखिन थिए । उनलाई चुरोटको लत कक्षा ६ मा पढ्दादेखि सुरु भएको थियो । एकपटक प्राण चुरोट लिन पान पसलमा गएका थिए । जहाँ उनको भेट लेखक मोहम्मद वलीसँग भयो ।

वलीले प्राणलाई देख्ने बित्तिकै आफ्नो फिल्मका लागि योग्य भूमिका पाएको अनुभव गरे । त्यसपछि वलीको प्रस्ताव अनुसार प्राणले पञ्जाबी फिल्म ‘यमला जट’बाट आफ्नो अभिनय करियर सुरु गरे ।

सन् १९२० फेब्रुअरी १२ मा पुरानो दिल्लीमा जन्मिएका प्राणले आफ्नो करियरमा ‘मधुमति’, ‘जिस देस में गंगा बहती है’, ‘उपकार’, ‘शहीद’, ‘पूरब और पश्चिम’, ‘आंसू बन गए फूल’, ‘जोनी मेरा नाम’, ‘जञ्जीर’, ‘डोन’, ‘अमर अकबर एन्थनी’ र ‘दुनिया’ जस्ता हिट फिल्म दिए ।

उनको पुरा नाम प्राण कृष्ण सिकंद थियो र उनका पिता एक सरकारी वकिल इञ्जिनियर थिए ।

रामपुरबाट मेट्रिक पास गरेका प्राण फोटोग्राफर बन्न चाहन्थे । उनले ‘रामलीला’ चरित्रमा सीताको भूमिकामा अभिनय पनि गरेका थिए ।–एजेन्सी

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ११ : ०५ बजे

आरेनको प्रश्न- भ्रष्टाचारका दोषीलाई समात्ने र छाड्ने काम भइरह्यो, यो कस्तो सुशासन हो ?

काठमाडौं– श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले सङ्घीयता, धर्मनिरपेक्षता, लोकतन्त्र

कांग्रेसले सरकारको ६ महिने कार्यसम्पादनमा ९ बुँदामा दियो शासकीय सुधारमा सुझाव र प्रश्न

काठमाडौं– नेपाली कांग्रेसका नेता भीष्म आङदेम्बेले प्रतिनिधि सभाको बैठकमा बोल्दै

रसुवा बाढीले क्षतिग्रस्त गल्छी–बेत्रावती सडकमा ट्रयाक खुल्यो, आवतजावत सुरु

काठमाडौं– रसुवा बाढीका कारण क्षतिग्रस्त गल्छी–बेत्रावती सडकखण्डमा ट्रयाक खोल्ने कार्य

विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

खेम सेन्चुरीको गीतमा विवादित शब्द हटाइने, साइबर ब्युरोको रोहबरमा टुंगियो विवाद

काठमाडौं– गायक खेम सेन्चुरीको पछिल्लो गीत ‘बाहुन बाजे किन कसेको’