टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु | Khabarhub Khabarhub

टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा– सङ्खुवासभाको मकालु गाउँपालिका–५ मा अरुण तेस्रोको टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मकालु–३ हेदाङ्नाका ४२ वर्षीष खड्गबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बुढाथोकीले जानकारी दिए ।

खाँदबारी किमाथाङ्का सडक खण्डको फ्याक्सिन्दा बेँसीमा भारतको विहार प्रदेशको ७६१० नम्बरको टिपरले को२३प ४८१५ नम्बरको मोटरसाइकललाई आज ठक्कर दिएको थियो । ठक्करबाट राईकी श्रीमती प्रेमकुमारी समेत गम्भीर घाइते भएकी छिन् ।

राई राजारानी आधारभूत विद्यालयका कार्यालय सहयोगी हुन् भने उहाँकी श्रीमती सोही विद्यालयकी बाल शिक्षिका हुन् । मोटरसाइकललाई ठक्कर दिने टिपर र चालक काभ्रेको नवबुद्ध नगरपालिका–६ का ३० वर्षीय सुवास चौलागाईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

राई श्रीमानश्रीमती दुवै गाउँपालिका केन्द्रको नुममा तालीममा सहभागी हुन आउँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । गम्भीर घाइते प्रेम कुमारीको थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लग्ने तयारी भइरहेको शिक्षक हित कार्कीले जानकारी दिए । अहिले स्थानीयवासीले खाँदबारी -किमाथाङ्का सडकखण्डको फ्याक्सिन्दा बेँसीमा सडक अवरुद्धसमेत पारेका छन् ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  १ : १८ बजे

चुरियामाई सुरुङमार्ग : आठ महिनामा तीन हजारभन्दा बढीले गरे अवलोकन

बागमती– दक्षिण एसियाकै पहिलो मानिएको हेटौँडा उपमहानगरपालिका–१५ स्थित चुरियामाई सुरुङमार्ग

ढल्केवर– जनकपुर– जटही सडकमा विद्युतीकरण

जनकपुरधाम– ढल्केवर– जनकपुर– जटही ३५ किलोमिटर सडकमा रु चार करोड

स्पेसएक्सद्वारा २४ वटा स्टारलिङ्क स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण

लस एन्जल्स- अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले शुक्रबार २४ वटा

राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको वार्षिक प्रगति शतप्रतिशत

काठमाडौं– नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय प्राथमिकता प्राप्त सडक करिडोर

इजरायलबाट फर्किएर विपिनको आमा र बहिनीले भेटे प्रधानमन्त्रीलाई

काठमाडौं– इजरायलमा सशस्त्र समूह हमासले बन्धक बनाएका कञ्चनपुरका विपिन जोशीका