प्रधानमन्त्री ओली र थाइ राजदूतबीच भेटवार्ता « Khabarhub

प्रधानमन्त्री ओली र थाइ राजदूतबीच भेटवार्ता


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि थाइल्यान्डका राजदूत भोषित भोरासाफबीच शिष्टाचार भेटव‍ार्ता भएको छ ।

प्रधानमन्त्री ओली र थाइ राजदूतबीच बालुवाटारमा भेटवार्ता भएको हो ।

भेटमा प्रधानमन्त्री र राजदूतबीच दुई मुलुकबीच लामो समयदेखि रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ गतिका साथ अघि बढाउन विविध विषयमा वार्ता भएको  प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले दुई मुलुकबीच बौद्ध धर्ममार्फत जोडिएका साँस्कृतिक एवं जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउन दुवैतर्फ रहेका बौद्ध तिर्थस्थलमा पर्यटक आवागमनलाई बढावा दिइनुपर्ने धारणासमेत राखेका थिए।

साथै ओलीले दुई देशबीच ६२ वर्षअघि स्थापना भएको कूटनीतिक सम्बन्धलाई थप उचाई दिन नयाँ सम्भावनाहरु पहिल्याउनु पर्ने धारणा समेत राखेका थिए ।

राजदूत भोरासाफले थाइल्यान्ड र नेपालको भैरहवा विमानस्थलबीच सिधा हवाई सम्बन्ध जोड्न सकिए नेपालमा थाई पर्यटक आगमन बढाउन सकिने विचार व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयद्वारा जारी विज्ञफ्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ५ : २५ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि