ओली अध्यक्ष रहेको पार्टीलाई नै आयोगले मान्यता दिन्छ : नेता थापा « Khabarhub

ओली अध्यक्ष रहेको पार्टीलाई नै आयोगले मान्यता दिन्छ : नेता थापा


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका केन्द्रीय सदस्य कर्णबहादुर थापाले निर्वाचन आयोगले केपी शर्मा ओली अध्यक्ष रहेको पार्टीलाई नै आधिकारिक मान्यता दिने दाबी गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै आयोगले कानुन अनुसार नै उक्त मान्यता दिने ठोकुवा गरेका हुन् । आयोगको निर्णय आएपछि प्रचण्ड समूहले बितण्डा मच्चाउने बताए ।

उनले प्रचण्ड र माधव नेपाल कि त पार्टीमा फर्कनुपर्ने कि त अर्को पार्टी खोल्नुपर्ने अवस्थामा पुग्ने बताए । सर्वोच्च अदालत र निर्वाचन आयोगलाई कसैले धम्क्याउने या दबाब दिन नमिल्ने उनले बताए ।

बैतडीमा भागरथी भट्टको बलात्कारपछिको हत्याको भर्त्सना गर्दै दोषीलाई तत्काल पत्ता लगाई कानून बमोजिम कारबाही गर्नुपर्ने उनले बताए ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ६ : ५६ बजे

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज

काठमाडौं–१० की सुमित्रा बस्नेतको उम्मेदवारी खारेज

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण

काठमाडौँ – निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार इन्जिनियर जगदीश