तामाङ समुदायले मनाए सोनाम ल्होसार « Khabarhub

तामाङ समुदायले मनाए सोनाम ल्होसार


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाएका छन् ।

मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७औँ वर्ष शुरु भएको छ । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष शुरु भएको हो । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशु पछीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको संस्कृतिविद् बताउँछन् ।

तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरुपमा मनाइन्छ । यस पर्वका अवसरमा सरकारले शुक्रबार देशभर सार्वजनिक बिदा दिएको थियो ।

तामाङ जातिको मौलिक वेषभूषा, सांस्कृतिक गतिविधि, खानालगायत प्रदर्शनसमेत गरिने ल्होसारमा धेरै पर्यटक आकर्षित गराउन साताव्यापीरुपमा कार्यक्रम आयोजना गरिएको छ ।

कोरोना महामारीका कारण यस वर्ष टुँडिखेलमा कुनै कार्यक्रम भएन ।

यस अवसरमा बौद्ध क्षेत्रमा तामाङ जातिको सांस्कृतिक वेषभूषा एवं पहिचानसहितको र्‍याली प्रदर्शन गरियो ।

बौद्ध स्तुपबाट शुरु भएको जोरपाटी टुसाल हुँदै पुनःबौद्धमै आएर समापन गरिएको थियो । कार्यक्रममा बौद्धनाथ क्षेत्र विकास समितिसहित यस क्षेत्रका सङ्घ संस्थाको सहभागिता थियो ।

र्‍यालीपछि महेन्द्र बौद्ध माध्यमिक विद्यालयमा ल्होसारको महत्वका विषयमा जानकारीसहित गीत सङ्गीत प्रस्तुत गरिएको समितिका अध्यक्ष चन्द्रमान लामाले जानकारी दिए ।

यसैगरी राजधानीको स्वयम्भू क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी ल्होसार मनाइएको छ । यसैगरी देशका विभिन्न भागमा पनि विविध कार्यक्रम आयोजना गरी पर्व मनाइयो ।

सोनाम ल्होसार महोत्सवका नाममा तामाङ खाना, वेषभूषा, कला संस्कृतिलगायतको प्रदर्शन भइरहेकोे छ । चुच्चेपाटीस्थित हायात चौरमा विशेष सांस्कृतिक कार्यक्रमसहित ल्होसार उत्सव आयोजना भएको छ ।

तामाङ बाहुल्यता रहेको बौद्ध, स्वयम्भूलगायत स्थानमा परम्परागत वेषभूषामा सजिएर युवा युवतीसमेत रमाइरहेको देखिन्छ ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ९ : २९ बजे

कोरोला नाका जोड्ने घमी खोला पुल निर्माण सम्पन्न

मुस्ताङ– उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत जोमसोम–कोरोलानाका जोड्ने मुस्ताङको लो

नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान पदबाट रोहित पौडेलको बिदाइ, क्यानले दियो धन्यवाद

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट

छोटी भन्सार पुनःसञ्चालनको माग

कैलाली– कैलालीको पृथ्वीपुर छोटी भन्सार कार्यालय पुनःसञ्चालन तथा स्तरोन्नतिको माग

कपिलवस्तुमा बिग्रिएर राखिएको मिनी ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

तौलिहवा – तौलिहवा–भैरहवा सडकखण्ड अन्तर्गत कपिलवस्तु नगरपालिका–७ धरमपनियामा मिनी ट्रकसँग

अण्डाको समर्थन मूल्य बढ्यो

चितवन– अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् ।