तामाङ समुदायले मनाए सोनाम ल्होसार | Khabarhub Khabarhub

तामाङ समुदायले मनाए सोनाम ल्होसार


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाएका छन् ।

मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७औँ वर्ष शुरु भएको छ । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष शुरु भएको हो । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशु पछीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको संस्कृतिविद् बताउँछन् ।

तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरुपमा मनाइन्छ । यस पर्वका अवसरमा सरकारले शुक्रबार देशभर सार्वजनिक बिदा दिएको थियो ।

तामाङ जातिको मौलिक वेषभूषा, सांस्कृतिक गतिविधि, खानालगायत प्रदर्शनसमेत गरिने ल्होसारमा धेरै पर्यटक आकर्षित गराउन साताव्यापीरुपमा कार्यक्रम आयोजना गरिएको छ ।

कोरोना महामारीका कारण यस वर्ष टुँडिखेलमा कुनै कार्यक्रम भएन ।

यस अवसरमा बौद्ध क्षेत्रमा तामाङ जातिको सांस्कृतिक वेषभूषा एवं पहिचानसहितको र्‍याली प्रदर्शन गरियो ।

बौद्ध स्तुपबाट शुरु भएको जोरपाटी टुसाल हुँदै पुनःबौद्धमै आएर समापन गरिएको थियो । कार्यक्रममा बौद्धनाथ क्षेत्र विकास समितिसहित यस क्षेत्रका सङ्घ संस्थाको सहभागिता थियो ।

र्‍यालीपछि महेन्द्र बौद्ध माध्यमिक विद्यालयमा ल्होसारको महत्वका विषयमा जानकारीसहित गीत सङ्गीत प्रस्तुत गरिएको समितिका अध्यक्ष चन्द्रमान लामाले जानकारी दिए ।

यसैगरी राजधानीको स्वयम्भू क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी ल्होसार मनाइएको छ । यसैगरी देशका विभिन्न भागमा पनि विविध कार्यक्रम आयोजना गरी पर्व मनाइयो ।

सोनाम ल्होसार महोत्सवका नाममा तामाङ खाना, वेषभूषा, कला संस्कृतिलगायतको प्रदर्शन भइरहेकोे छ । चुच्चेपाटीस्थित हायात चौरमा विशेष सांस्कृतिक कार्यक्रमसहित ल्होसार उत्सव आयोजना भएको छ ।

तामाङ बाहुल्यता रहेको बौद्ध, स्वयम्भूलगायत स्थानमा परम्परागत वेषभूषामा सजिएर युवा युवतीसमेत रमाइरहेको देखिन्छ ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ९ : २९ बजे

विजयपुरकी महारानी थाङसामा कसरी छोरी, कसरी रानी ?

याक्थुङ/लिम्बूवान क्षेत्रका राजाहरूका रानी/महारानीमध्ये इतिहासमा उल्लेखित एकमात्र महारानी थाङसामा हुन्

‘बिग्रिएको ग्याष्ट्रिकले अल्सर हुँदै क्यान्सर निम्त्याउँछ भन्ने बुझाइ गलत’ 

मलाई ग्याष्ट्रिकको समस्या छ नभन्ने मान्छे प्राय बिरलै भेटिन्छन् ।

साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो महिनामा रु एक खर्ब ६६

स्थानीय निकायबाट आधारभूत स्वास्थ्य सेवा प्रवाह हुँदै

मोरङ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आगामी असोज मसान्तसम्ममा स्थानीय

लिपुलेक नाका सम्बन्धी भारत–चीन सहमतिको विरोध (तस्बिरहरू)

काठमाडौं– संयुक्त विद्यार्थी संगठनले भारत र चीनबीच हालै भएको लिपुलेक