सत्ता गठबन्धनका लागि जसपाको दौडधूपप्रति भट्टराईको यस्तो प्रतिक्रिया « Khabarhub

सत्ता गठबन्धनका लागि जसपाको दौडधूपप्रति भट्टराईको यस्तो प्रतिक्रिया


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टी नयाँ सत्ता समीकरणको दौडमा नभएको बताएका छन् ।

जसपाका अन्य नेता सत्ता समीकरणका लागि दौडधूप गरिरहेका बेला भट्टराईले यस्तो बताएका हुन् ।

बिहीवार राति उनले ट्वीट गर्दै देश गम्भीर संकटमा फसेका बेला राजनीतिक दल र नेताहरुको भूमिका अपेक्षित स्तरको नभएको प्रतिक्रिया दिएका छन् ।

‘अदालतको कृपाले अलिअलि लाज बचेको बेला पुनः उही म्युजिकल चेयरको खेलमा लाग्नु सट्टा समस्याका संरचनात्मक कारण खोतल्ने, आफ्नो आत्मसमीक्षा गर्ने र अग्रगामी निकास दिने पो हो त’ भट्टराईले लेखेका छन्, ‘जसपा त्यो मुसा दौडमा छैन है।’

यता आजै जसपाका शीर्ष नेताहरूसँग नेकपा एमालले सत्ता समीकरणका लागि वार्ता गर्दैछ । बिहीवार बसेको एमाले र जसपाको वार्ता सकारात्मक भएको बताइएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ९ : ३० बजे

संखुवासभामा शिक्षकको गोली हानी हत्या

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक

कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौं – भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज देशभर विभिन्न धार्मिक

त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’

काठमाडौं – त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूमध्ये दुई जनालाई

त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार

रसुवा- भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

सर्लाही– सर्लाहीको बलरामा व्यवस्थित नहरको अभावमा ठूलो धनराशि खर्च गरेर