जसपाले आज संसदीय दलको नेता चयन गर्ने | Khabarhub Khabarhub

जसपाले आज संसदीय दलको नेता चयन गर्ने


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तत्कालीन राष्ट्रिय जनता पार्टी राजपा र समाजवादी पार्टीबीचको एकीकरणपछि बनेको जनता समाजवादी पार्टी (जसपा)ले आज संसदीय दलको नेता चयन गर्ने भएको छ ।

जसपाले आज बस्ने संसदीय दलको बैठकबाट दलको नेता चुन्न लागेको हो ।

पार्टी कार्यालय ग्वार्काेमा आज दिउँसो एक बजे बस्ने बैठकले संसदीय दलको नेता टुंगो लगाउने भएको हो । सरकार गठनका लागि निर्णायक शक्ति बनेको जसपाका शीर्ष नेताहरूले आज नेकपा एमालेसँग सत्ता समीकरणका लागि वार्ता गर्दैछ ।

मधेश आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता, संविधान संशोधन, सांसद रेशम चौधरीको रिहाइलगायतका विषयमा सरकार सकारात्मक भएपछि आज पनि वार्ता बस्न लागेको हो ।

बिहीवार एमाले र जसपाका नेताबीच बसेको बैठक सकारात्मक उन्मुख भएको थियो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  १० : ३० बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी