जसपाले आज संसदीय दलको नेता चयन गर्ने « Khabarhub

जसपाले आज संसदीय दलको नेता चयन गर्ने


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तत्कालीन राष्ट्रिय जनता पार्टी राजपा र समाजवादी पार्टीबीचको एकीकरणपछि बनेको जनता समाजवादी पार्टी (जसपा)ले आज संसदीय दलको नेता चयन गर्ने भएको छ ।

जसपाले आज बस्ने संसदीय दलको बैठकबाट दलको नेता चुन्न लागेको हो ।

पार्टी कार्यालय ग्वार्काेमा आज दिउँसो एक बजे बस्ने बैठकले संसदीय दलको नेता टुंगो लगाउने भएको हो । सरकार गठनका लागि निर्णायक शक्ति बनेको जसपाका शीर्ष नेताहरूले आज नेकपा एमालेसँग सत्ता समीकरणका लागि वार्ता गर्दैछ ।

मधेश आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता, संविधान संशोधन, सांसद रेशम चौधरीको रिहाइलगायतका विषयमा सरकार सकारात्मक भएपछि आज पनि वार्ता बस्न लागेको हो ।

बिहीवार एमाले र जसपाका नेताबीच बसेको बैठक सकारात्मक उन्मुख भएको थियो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  १० : ३० बजे

त्रिशूली–३ ‘ए’ सुरुङबाट एक जनाको जीवितै उद्धार

रसुवा- भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

सर्लाही– सर्लाहीको बलरामा व्यवस्थित नहरको अभावमा ठूलो धनराशि खर्च गरेर

तीज कार्यक्रम स्थगन : बाढी प्रभावितलाई सहयोग

गण्डकी– रसुवाको भोटेकोशी नदीमा गत साता गएको विनाशकारी बाढीले मुलुक

एक वर्षअघिको खबरदारी, वर्तमानको विपत्ति

लेखकको उद्देश्य केवल सरकार र सरोकारवाला निकायलाई सचेत गराउनु मात्र

भोटेकोशी बाढी : ९२६ शवको व्यवस्थापन, १८ सय ६२ जनाको डीएनए सङ्कलन

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको