लिभ इन रिलेसनमा रहेर अलग्गिएका यी जोडी « Khabarhub

लिभ इन रिलेसनमा रहेर अलग्गिएका यी जोडी


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउडमा यस्ता कैयौं जोडी छन्, जसको सम्बन्ध फ्यानका लागि उत्सुकतापूर्ण हुन्थ्यो । जुन सम्बन्धलाई उनीहरुले एक कदम अगाडि बढाएर लिभ इन रिलेसनसिपमा मजबुत बनाए ।

तर दुर्भाग्यले उनीहरुको सम्बन्ध लामो समय चल्न सकेन र उनीहरु अलग्गिए । आजतकले यस्ता जोडीहरुको बारेमा एउटा समाचार तयार पारेको छ ।

अभिनेता रणवीर कपूर र अभिनेत्री कटरीना कैफको जोडी एकताका बलिउडमा सुन्दर जोडी मानिन्थ्यो । दुवैजना इबिजामा छुट्टी मनाउन जाँदाको तस्वीर सार्वजनिक भएपछि उनीहरुको सम्बन्धबारे खुलासा भएको थियो ।

रणवीर र कटरीनाको सम्बन्ध सुरुदेखि नै चर्चामा थियो । कटरीना अघि दीपिकासँग सम्बन्धमा रहेका बेला उनले कटरीनाकै कारणले आफूले रणवीरलाई छोडेको बताएकी थिइन् ।

इबिजाको छुट्टीबाट फर्किएपछि उनीहरु लिभ इन रिलेसनमा बसे । उनीहरुको क्रियाकलाप हेर्दा उनीहरु चाँडै विवाह बन्धनमा बाँधिन सक्ने सम्भावना देखिएको थियो । तर अचानक दुवैले अलग्गिने निर्णय लिए ।

उनीहरु किन छुट्टिए भन्ने अहिलेसम्म कसैले पनि थाहा पाउन सकेका छैनन् । छुट्टिएपछि केही समय दुस्मन बनेका उनीहरु अहिले मिल्ने साथी भएका छन् ।

अभिनेत्री अंकिता लोखण्डे र अभिनेता सुशान्त सिंह राजपुत करिब ६ वर्षसम्म प्रेम सम्बन्धमा रहे । टेलिसिरियल ‘पवित्र रिश्ता’को सेटमा दुवैबीच प्रेम भयो र केही समयपछि उनीहरु लिभ इन रिलेसनमा रहे । तर उनीहरुको सम्बन्ध लामो समयसम्म रहन सकेन र उनीहरु अलग्गिए ।

अभिनेता अभय देवल बलिउडको चर्चित देवल परिवारसँग जोडिएर आउछन् । उनको जीवनशैली आफ्नो परिवारको भन्दा अलग छ । देवल परिवारमा अभय मात्र एक यस्ता सदस्य थिए, जसले लिभ इन रिलेसन जस्तो सम्बन्धमा आफूलाई समाहित गरे । उनी चार वर्षसम्म प्रिती देसाईसँग लिभ इन रिलेसनमा रहे । त्यसपछि यो जोडी अलग्गिए ।

अभिनेत्री लारा दत्त केली दोर्जीसँग ८ वर्षसम्म लिभ इन रिलेसनमा रहिन् । ८ वर्षपछि उनीहरु अलग्गिए । लाराको जीवनमा महेश भूपति आएपछि उनलाई नै आफ्नो जीवनसाथी बनाइन् ।

अभिनेता जोन अब्राहम र अभिनेत्री विपाशा बसु नौ वर्षसम्म लिभ इन रिलेसनमा रहे । कुनै समयमा बलिउडका परफेक्ट जोडी मानिएका उनीहरु बीचमा खटपट भएपछि अलग्ग्एि ।

निर्देशक विक्रम भट्ट र अभिनेत्री अमिषा पटेलको अफेयर लामो समयसम्म चल्न सकेन । एउटा छोटो भेटले नजिकिएका उनीहरु त्यो नजिकपनालाई धेरै समयसम्म टिकाउन सकेनन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  १ : ३० बजे

जहाजमाथि भएको आक्रमणको जवाफ दिने इरानको चेतावनी

तेहरान– इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेको

एमबीएसको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा दुईजना पक्राउ

काठमाडौं– त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबीएस)

चिकित्सकमाथिको आक्रमणमा संलग्नलाई कारबाही गर्न चिकित्सक संघको माग

वीरगञ्ज– नेपाल चिकित्सक संघ, नारायणी शाखाले नारायणी अस्पतालमा कार्यरत चिकित्सक

एमाले-नेकपा प्रदेश सत्ता सहकार्यमा नेता कार्यकर्ता नै असन्तुष्ट

काठमाडौं– सहकार्य, एकता र फुटबाट गुज्रिँदै आएका नेकपा एमाले र

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन– सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै जिल्लाका