प्राप्त उपलब्धि र परिवर्तन उल्ट्याउन चौतर्फी घेराबन्दी भयो : प्रचण्ड « Khabarhub

प्राप्त उपलब्धि र परिवर्तन उल्ट्याउन चौतर्फी घेराबन्दी भयो : प्रचण्ड


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो समय लडेर ल्याएको परिवर्तन उल्ट्याउन चौतर्फी घेराबन्दी भइरहेको बताएका छन् ।

शुक्रबार बुटवलमा राष्ट्रिय दलित पत्रकार संघको नेपालको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले दलित, जनजाति तथा आम जनताको अधिकारको लडाइँमा आफू सदैव रहने बताए ।

उनले लामो लडाइँ लडेर प्राप्त गरेका उपलब्धि र परिवर्तन उल्ट्याउन चौतर्फी घेराबन्दी भइरहेको भन्दै देशमा केही अनिष्ट हुँदैछ भन्ने संकेत मिलेको बताए ।

‘जो गणतन्त्र, संविधान र समावेशिताहरु मन पराउँदैनथे, उनीहरु मिलेर यो परिवर्तन उल्ट्याइ छाड्ने कसरतमा छन् । तर, शान्तिपूर्ण आन्दोलन जारी रहेकोले यी परिवर्तनको साक्षी छु म’, उनले भने, ‘यो षड्यन्त्रलाई निर्मूल पार्न म जीवित हुदाँसम्म कसैले पनि हाम्रा परिवर्तन र उपलब्धिहरूलाई उल्टाउन सक्दैन ।’

लडेर ल्याएको संविधान र गणतन्त्रविरुद्ध भएको कदम विरुद्ध शान्तिपूर्ण तरिकाले लड्न आफू तयार रहेको पनि उनले बताए ।

प्रतिगमकारीहरूको अझै पनि षडयन्त्र जारी राखेको भन्दै उनले त्यस्ता शक्ति विरुद्ध एकताबद्ध भएर लाग्न समेत आग्रह गरे ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  १ : ०८ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र