अभिनेता मनोज वाजपेयीलाई कोरोना संक्रमण « Khabarhub

अभिनेता मनोज वाजपेयीलाई कोरोना संक्रमण


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेता मनोज वाजपेयीलाई कोरोना संक्रमण भएको छ । मनोजको टिमले उनलाई कोरोना संक्रमण भएको पुष्टि गरेको छ ।

टाइम्स अफ इण्डियामा प्रकाशित समाचारअनुसार कोभिड १९ को रिपोर्ट पोजेटिभ आएपछि आफूलाई घरकै क्वारेन्टाइनमा राखेका छन् । मनोज फिल्म ओटीटी प्लेटफर्मका लागि निर्माण गरिएको फिल्म ‘डिसप्याच’को सुटिङमा व्यस्त थिए ।

यो फिल्मका निर्देशक कानु बेहललाई कोरोना संक्रमण भएपछि मनोजले पनि आफ्नो टेस्ट गराएका थिए । टेस्टपछि उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

अभिनेता र निर्देशकलाई कोरोना संक्रमण भएपछि फिल्मको सुटिङ केही महिनाका लागि रोकिएको छ । ‘अभिनेताको स्वास्थ्य अवस्था अहिले ठिक छ । उनी घरकै क्वारेन्टाइनमा सावधानीका साथ बसिरहेका छन्’ मनोजको टिमका एक सदस्यले भने ।

मनोज अभिनित बहुप्रतिक्षित सिरिज ‘द फेमिली मेन’को दोस्रो सिजन ‘द फेमिली मेन २’ अघिल्लो महिना अमेजन प्राइममा रिलिज हुने तयारीमा थियो ।

तर सिरिज ‘ताण्डव’लाई लिएर भएको विवादका कारण मनोजको सिरिज रिलिज हाललाई स्थगित गरिएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ३ : ११ बजे

एमाले तटस्थ बस्दा श्रमसंस्कृतिकी रुबीको पक्षमा उभियो कांग्रेस

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले श्रम

उपसभामुखको निर्वाचमा तटस्थ बस्यो एमाले

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबार जारी उपसभामुखको निर्वाचनमा आफूलाई

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाबाट धन्यवाद ज्ञापन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई

रास्वपाबारे खुश्बु ओली : धोका पायौँ, अबदेखि विश्वास गर्नै नसकिने उदाहरण बन्यो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्वु ओलीले राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशंकरबीच मौरिससमा भेटवार्ता

काठमाडौं- भारतीय विदेश मन्त्री एस. जयशंकर र परराष्ट्र मन्त्री शिशिर