अभिनेता मनोज वाजपेयीलाई कोरोना संक्रमण « Khabarhub

अभिनेता मनोज वाजपेयीलाई कोरोना संक्रमण


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेता मनोज वाजपेयीलाई कोरोना संक्रमण भएको छ । मनोजको टिमले उनलाई कोरोना संक्रमण भएको पुष्टि गरेको छ ।

टाइम्स अफ इण्डियामा प्रकाशित समाचारअनुसार कोभिड १९ को रिपोर्ट पोजेटिभ आएपछि आफूलाई घरकै क्वारेन्टाइनमा राखेका छन् । मनोज फिल्म ओटीटी प्लेटफर्मका लागि निर्माण गरिएको फिल्म ‘डिसप्याच’को सुटिङमा व्यस्त थिए ।

यो फिल्मका निर्देशक कानु बेहललाई कोरोना संक्रमण भएपछि मनोजले पनि आफ्नो टेस्ट गराएका थिए । टेस्टपछि उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

अभिनेता र निर्देशकलाई कोरोना संक्रमण भएपछि फिल्मको सुटिङ केही महिनाका लागि रोकिएको छ । ‘अभिनेताको स्वास्थ्य अवस्था अहिले ठिक छ । उनी घरकै क्वारेन्टाइनमा सावधानीका साथ बसिरहेका छन्’ मनोजको टिमका एक सदस्यले भने ।

मनोज अभिनित बहुप्रतिक्षित सिरिज ‘द फेमिली मेन’को दोस्रो सिजन ‘द फेमिली मेन २’ अघिल्लो महिना अमेजन प्राइममा रिलिज हुने तयारीमा थियो ।

तर सिरिज ‘ताण्डव’लाई लिएर भएको विवादका कारण मनोजको सिरिज रिलिज हाललाई स्थगित गरिएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ३ : ११ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र