ओलीतिर लागेका पूर्वमाओवादी नेतालाई बुटबलबाट प्रचण्डको सन्देश- उतै बस्नुहोस्, यता आउन पर्दैन (भिडियोसहित) « Khabarhub

ओलीतिर लागेका पूर्वमाओवादी नेतालाई बुटबलबाट प्रचण्डको सन्देश- उतै बस्नुहोस्, यता आउन पर्दैन (भिडियोसहित)

'फकाउँदा हुन्छ कि भन्नु मेरो गल्ती हो'


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाको ओलीतिर लागेका मन्त्री तथा नेतालाई पार्टीमा फर्काउने प्रयास नगर्ने बताएका छन् ।

साविकको नेकपा दुई खेमामा विभाजित हुँदा माओवादी पृष्ठभूमिका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, मणि थापालगायतका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका छन् । अध्यक्ष प्रचण्डले ओलीतिर लागेकाहरूलाई फकाउन नलाग्ने बताएका हुन् ।

शुक्रबार बुटवलमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले उनीहरुलाई फकाउन नलाग्ने बताउँदै विगतमा बिग्रिएका, भत्किएकाहरुलाई फकाउँदा हुन्छ कि भन्नु आफ्नो गल्ती हो भने ।

‘अरु त अरु, दुई जना मान्छे नभएकालाई स्थायी समिति बनएको त अहिले मन्त्री’ प्रचण्डले अघि भने, ‘के गरेँ भनेर अहिले आफ्नै आत्मसमीक्षा गर्न थालेको छु । त्यस्तालाई भन्दा दृढतापूर्वक लड्ने र प्रचण्ड बनाउन भूमिका खेल्ने आफ्नै साथीहरुलाई भरोसा गरेको भए यो दिन देख्न पर्दैनथ्यो नि भन्ने महसुस भएको छ ।’

हेरौँ भिडियो

साथै, उनीहरुलाई फकाउन मन लाग्न छाडेको उनले सुनाए ।

यस्तै, अध्यक्ष प्रचण्डले बरिष्ठ नेता माधव नेपालको उद्धार गर्ने एक मात्रै टेन्सन आफूलाई रहेको बताएका छन्।

प्रचण्डले आफूलाई अहिले अरु राजनीतिक टेन्सन नरहेको बताए । ‘माधवजीहरू फर्किएपछि केपीले जे मन लाग्यो त्यो गर्न सक्ने छैनन्’, प्रचण्डले भने, ‘त्यहाँ ठूलै झमेला हुने वाला छ, मलाईचाहिँ माधवजीलाई कसरी रेस्क्यु गर्ने भन्ने टेन्सन छ।’

आफूहरूको पार्टी अहिले धेरै सजिलो भएको भन्दै प्रचण्डले संगठन बनाउनेबाहेक अरु तनाव नभएको बताए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ३ : २६ बजे

त्रिशूली–३ ‘ए’ सुरुङबाट एक जनाको जीवितै उद्धार

रसुवा- भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

सर्लाही– सर्लाहीको बलरामा व्यवस्थित नहरको अभावमा ठूलो धनराशि खर्च गरेर

तीज कार्यक्रम स्थगन : बाढी प्रभावितलाई सहयोग

गण्डकी– रसुवाको भोटेकोशी नदीमा गत साता गएको विनाशकारी बाढीले मुलुक

एक वर्षअघिको खबरदारी, वर्तमानको विपत्ति

लेखकको उद्देश्य केवल सरकार र सरोकारवाला निकायलाई सचेत गराउनु मात्र

भोटेकोशी बाढी : ९२६ शवको व्यवस्थापन, १८ सय ६२ जनाको डीएनए सङ्कलन

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको