स्रोत नखुलेको ४२ लाखसहित पक्राउ परेका दुई जनामाथि अनुसन्धान शुरु « Khabarhub

स्रोत नखुलेको ४२ लाखसहित पक्राउ परेका दुई जनामाथि अनुसन्धान शुरु


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महानगरीय प्रहरी परिसर भक्तपुरले रु ४२ लाख ३० हजार श्रोत नखुलेको रकमसहित पक्राउ परेका दुईजनालाई आज थप अनुसन्धानका लागि सम्पत्ति शुद्धिकरण विभाग पुल्चोकलाई बुझाएको छ ।

अवैध रकमसहित पक्राउ परेका दोलखा बैतेश्वर गाउँपालिका–६ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने ३२ वर्षीय सुमन घिमिरे र दोलखा बैतेश्वर घरभई काठमाडौँको माकलबारी बस्ने ३७ वर्षीय विनोद तामाङलाई प्रहरीले विभागमा बुझाएको महानगरीय प्रहरी परिषद्का प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

जुवातास खेलेर जम्मा गरेको अवैध रकमसहित गाडी आएको खबर पाएपछि प्रहरीले पेप्सीकोलाबाट सानोथिमितर्फ आउँदै गरेको बा. २१ च. ३८३९ नम्बरको कार जाँच गर्दा विनोदले चलाएको कारको डिक्कीमा रु २७ लाख फेला परेको उनले जानकारी दिए ।

अनुसन्धानका क्रममा उक्त रकम सुमनको भएको बताएपछि निजलाई पेप्सीकोलाबाट पक्राउ गरी बालकोटस्थित कोठामा छापा मार्दा थप रु १५ लाख ३० हजार बरामद भएको गरी निजको रु ४२ लाख ३० हजार बरामद् गरेको प्रनाउ गिरीले जानकारी दिए ।

प्रहरीले घिमिरेको नाममा काटिएको रु दुई लाख ५० हजारको राष्ट्रिय वाणिज्य बैंकको चेक एक थान, नौ लाख ५० हजार रुपैयाँको प्राइम बैंकको बाउन्स चेक एक थान, रु एक लाख ५० हजारको स्ट्याण्डर्स चार्टर बैंकको चेक एक थान, रु नौ लाख ९९ हजारको नेपाल बैंकको चेक एक थान, रु १५ लाखको महालक्ष्मी विकास बैंकको चेक, मनास्लु डिस्ट्रिलरीको नाममा रु ७२ हजार नगद जम्मा गरेको भौचरसमेत बरामद भएको जनाएको छ ।

प्रहरीको अनुसन्धानका क्रममा पक्राउ परेका घिमिरे २०७४ कात्तिक १९ गते र पुस ३ गते महानगरीय प्रहरी वृत्त दरवारमार्ग काठमाडौँबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकताविरुद्धको कसुरमा जुवा खेलेको र खेलाएको अभियोगमा मुद्दा दर्ता भएको र २०७५ असार ९ गते महानगरीय प्रहरी वृत्त बौद्धबाट बैंकिङ कसुरसमेतमा मुद्दा दर्ता भई पटके रहेको खुल्न आएको गिरीले बताए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ५ : ५९ बजे

सिरहामा मोटरसाइकलको ठक्करबाट पाँच वर्षीया बालिकाको मृत्यु

सिरहा – यहाँको चोहर्वा—सिरहा सडकखण्डअन्तर्गत नरहा गाउँपालिका—३ खोरिया टोलमा आज

रास्वपाद्वारा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका

सुकुम्बासी बस्ती खाली गर्न उर्दी लगाउँदै प्रहरीको माइकिङ

काठमाडौं– थापाथली सुकुम्बासी बस्तीमा काठमाडौं महानगरपालिकाको नगर प्रहरीले बस्ती खाली

किन पक्राउ परे शेखर गोल्छा ?

काठमाडौं- व्यवसायी शेखर गोल्छालाई धितोपत्र सम्बन्धी कसूरमा पक्राउ गरिएको प्रहरीले