सत्तासमीकरण लगायतका विषयमा जसपाका नेताहरुले गरे देउवासँग छलफल (भिडियोसहित) « Khabarhub

सत्तासमीकरण लगायतका विषयमा जसपाका नेताहरुले गरे देउवासँग छलफल (भिडियोसहित)


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कांग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच छलफल भएको छ ।

सत्ता साझेदार लगायत पछिल्लो राजनीतिक घटनाकाबारेमा जसपाका नेताहरुले सभापति देउवासँग छलफल गरेका हुन् ।

देउवा निवास बुढानिलकण्ठमा भएको छलफलबारे जसपाका अध्यक्ष महन्थ ठाकुरले भने,‘मिलेर जाने र जेलमा रहेका हाम्रा साथीहरुलाई रिहा गर्ने विषयमा कुरा राख्यौं । तरपनि कुनै सहमति भएको छैन ।’

कांग्रस प्रवक्ता विश्वप्रकाश शर्माले समेत ठोस रुपमा टुंगोमा पुगिनसकेको बताए । उनले भने,‘ठोस रुपमा टुंगोमा पुगेका छौं भन्ने बेला भएको छैन । जसपाका नेताहरुसँग राष्ट्रिय राजनीतिका बारेमा छलफल भयो ।’

अहिलेको अवस्थामा कांग्रेसले निकास दिनुपर्ने बेला आएको प्रवक्ता शर्माले बताए । छलफलका क्रममा प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गरेका दलहरुका बिचमा सहमति कायम गर्न जसपाका नेताहरुले आग्रह गरेको प्रवक्ता शर्माले जानकारी दिए ।

उनले भने,‘माओवादी र जसपा र कांग्रस एकठाउँमा उभिनुपर्छ भन्ने कुरा उहाँहरुले गर्नुभयो । खुला रुपमा छलफल गरेर राजनीति अघि लैजाने विषयमा छलफल भएको थियो । केपी शर्मा ओली नेतृत्वको सरकारका बारेमा समेत छलफल भएको छ । पुस ५ गते प्रतिनिधिसभा विघटनपछि कांग्रेसको अग्रसरतामा संघर्ष भएको थियो । केहीदिन प्रतिक्षा गर्नुपर्छ । ’

हेरौँ भिडियो

जसपा नेताहरुसँगको छलफल अघि सभापति शेरबहादुर देउवाले पूर्व र वर्तमान पदाधिकारीहरुको बैठक समेत बोलाएका थिए ।

पदाधिकारी बैठकबारे प्रवक्ता शर्माले भने,‘पदाधिकारी बैठकमा पनि ओली सरकारको विकल्पमा अघि बढ्नुपर्छ र त्यसका लागि कांग्रेस अग्रसर बन्नुपर्छ भन्ने नै थियो । तर जसपाका नेताहरुसँगको छलफलमा समेत त्यही विषयमा छलफल भएको छ । थप परिपक्वता देखिएपछि कांग्रेसले निर्णय गर्छ । संसदमा रहेको माओवादी केन्द्रसँग फेरी छलफल गरेर निष्कर्ष निकाल्छौं ।’

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ६ : १४ बजे

बाढी र पहिरोले मुख्य राजमार्ग अवरुद्ध : काठमाडौँ जोड्ने कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छ : मन्त्री रावल

 त्रिशूली– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

त्रिशूली ३ ‘ए’ सुरुङभित्र उद्धारकर्मी र फसेकाबीच संवाद, एकभन्दा बढी व्यक्तिको आवाज सुनियो

काठमाडौं– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण

समर ट्रान्सफरमा चेल्सीको कीर्तिमानी कारोबार: ३९ खेलाडी बाहिरिँदा उठ्यो ५० करोड पाउन्ड

लन्डन – सन् २०२२ मेमा रुसी उद्योगपति रोमन एब्रोमोभिचको स्वामित्व

जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने

म्याग्दी– बाढी र कटानको उच्च जोखिममा परेको म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत