ओलीको निर्णय मान्न नसकिने माधव नेपाल समूहको निष्कर्ष « Khabarhub

ओलीको निर्णय मान्न नसकिने माधव नेपाल समूहको निष्कर्ष


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको माधव नेपाल पक्षले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका निर्णय मान्न नसकिने निष्कर्ष निकालेको छ ।

अध्यक्ष ओली पक्षको केन्द्रीय कमिटीले अध्यक्ष र महासचिव बाहेकका सबै पद खारेज गर्ने तथा महाधिवेशनको मिति तोकेलगत्तै नयाँबानेश्वरस्थित अर्याल होटलमा माधव नेपाल तथा झलनाथ खनाल पक्षको स्थायी कमिटीको आकस्मिक बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

बैठकले ओली पक्षले गरेको निर्णय मान्न नसकिने निष्कर्ष निकालेको नेपाल पक्षका नेता रघुजी पन्तले जानकारी दिए ।

‘ओलीको निर्णय मान सकिन्न । ओली पक्षले गरेको निर्णय पार्टी विधान र विधिविपरीत छन् । यसले पार्टीलाई विभाजनतिर लैजान्छ,’ नेता पन्तले भने, ‘केन्द्रीय कमिटी बैठक राखिएको छैन । त्यो (ओली पक्षको) निर्णय मान्दैनौँ ।’

यसैबीच, नेपाल समूहका नेता योगेश भट्टराईले धैर्यता कायम गर्न आह्वान गरेका छन् ।

साथै एकताको विकल्प नरहेको समेत बताएका छन् । उनले ट्वीट गर्दै भट्टराईले ओली पक्षको निर्णयको सही र सशक्त ढंगले प्रतिकार गरौँ भन्दै एकताको विकल्प नभएको जनाएका छन् ।

यस्तै, नेकपा एमालेका निर्वाचित उपमहासचिव घनश्याम भुसालले अध्यक्ष ओलीले कम्युनिस्ट आन्दोलन विघटन गर्न खोजेको तर त्यसलाई सफल हुन नदिइने बताएका छन् ।

सामाजिक सञ्जालमा भुसालले एकतर्फी रुपमा केन्द्रीय सदस्य मनोनित गर्ने तथा महाधिवेशनको मिति तोक्ने पछिल्लो निर्णयबाट ओलीले यसलाई थप पुष्टि गरेको बताए ।

‘केही बर्षदेखि मैले ओलीजीको सामर्थ्यले भ्याएसम्म उहाँको एक मात्र उद्देश्य कम्युनिस्ट आन्दोलनलाई विघटन गर्नु हो भन्दै आएको थिएँ । उहाँले त्यही गर्दै आउनुभएको छ ।’ भुसालले लेखेका छन्, ‘आजको घटनाबाट उहाँबारे रहँदै आएका सबै भ्रमबाट सबैलाई मुक्त गरिदिनु भएको छ । त्यसका लागि उहाँलाई धन्यवाद छ । तर उहाँले बुझ्न एउटा कुरा बाँकी छ–कम्युनिष्ट आन्दोलनलाई विघटन गर्न दिइने छैन, उहाँलाई असफल पारिनेछ ।’

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ८ : ४४ बजे

बाढी र पहिरोले मुख्य राजमार्ग अवरुद्ध : काठमाडौँ जोड्ने कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छ : मन्त्री रावल

 त्रिशूली– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

त्रिशूली ३ ‘ए’ सुरुङभित्र उद्धारकर्मी र फसेकाबीच संवाद, एकभन्दा बढी व्यक्तिको आवाज सुनियो

काठमाडौं– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण

समर ट्रान्सफरमा चेल्सीको कीर्तिमानी कारोबार: ३९ खेलाडी बाहिरिँदा उठ्यो ५० करोड पाउन्ड

लन्डन – सन् २०२२ मेमा रुसी उद्योगपति रोमन एब्रोमोभिचको स्वामित्व

जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने

म्याग्दी– बाढी र कटानको उच्च जोखिममा परेको म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत