अखिल नेपाल महिला संघले भोलि ‘बृहत महिला कार्यकर्ता भेला’को आयोजना गर्ने (भिडियोसहित)  « Khabarhub

अखिल नेपाल महिला संघले भोलि ‘बृहत महिला कार्यकर्ता भेला’को आयोजना गर्ने (भिडियोसहित) 


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अखिल नेपाल महिला संघले शनिबार काठमाडौंमा बृहत महिला कार्यकर्ता भेला आयोजना गर्ने भएको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले संविधानको पूर्ण कार्यान्वयन गर्दै महिला समानता सुनिश्चित गरौँ भन्ने नाराका साथ फाल्गुन शनिबार महिला भेला आयोजना गर्न लागिएको जानकारी दिएको हो ।

भेलाको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्ने कार्यक्रम तय भएको छ । भेलामाा देशभरिका करीव १० हजार अगुवा महिला कार्यकर्ताहरु सहभागी हुने संघले जनाएको छ ।

हेरौँ भिडियो

भेलाले आगामी चुनावमा महिलालाई ३३ प्रतिशतको व्यवस्था गर्ने विषयमा जोड दिने संघकी संयोजक सीता पौडेलले जानकारी दिइन् ।

त्यस्तै महिला हत्या हिंसा बलात्कार जस्ता जघन्य अपराधको अन्त्यका लागि विशेष प्रकारको कार्यदल बनाई अनुसन्धान गर्नुपर्नेमा आफूहरुको जोड रहेको पौडेलले बताइन् ।

उनले राज्यबाट प्राप्त हुने विभिन्न सेवा सुविधाहरुमाथि सहज पहुँच बनाउन पनि संघले ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ९ : १५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र