अखिल नेपाल महिला संघले भोलि ‘बृहत महिला कार्यकर्ता भेला’को आयोजना गर्ने (भिडियोसहित)  « Khabarhub

अखिल नेपाल महिला संघले भोलि ‘बृहत महिला कार्यकर्ता भेला’को आयोजना गर्ने (भिडियोसहित) 


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अखिल नेपाल महिला संघले शनिबार काठमाडौंमा बृहत महिला कार्यकर्ता भेला आयोजना गर्ने भएको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले संविधानको पूर्ण कार्यान्वयन गर्दै महिला समानता सुनिश्चित गरौँ भन्ने नाराका साथ फाल्गुन शनिबार महिला भेला आयोजना गर्न लागिएको जानकारी दिएको हो ।

भेलाको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्ने कार्यक्रम तय भएको छ । भेलामाा देशभरिका करीव १० हजार अगुवा महिला कार्यकर्ताहरु सहभागी हुने संघले जनाएको छ ।

हेरौँ भिडियो

भेलाले आगामी चुनावमा महिलालाई ३३ प्रतिशतको व्यवस्था गर्ने विषयमा जोड दिने संघकी संयोजक सीता पौडेलले जानकारी दिइन् ।

त्यस्तै महिला हत्या हिंसा बलात्कार जस्ता जघन्य अपराधको अन्त्यका लागि विशेष प्रकारको कार्यदल बनाई अनुसन्धान गर्नुपर्नेमा आफूहरुको जोड रहेको पौडेलले बताइन् ।

उनले राज्यबाट प्राप्त हुने विभिन्न सेवा सुविधाहरुमाथि सहज पहुँच बनाउन पनि संघले ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ९ : १५ बजे

बाढी र पहिरोले मुख्य राजमार्ग अवरुद्ध : काठमाडौँ जोड्ने कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छ : मन्त्री रावल

 त्रिशूली– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

त्रिशूली ३ ‘ए’ सुरुङभित्र उद्धारकर्मी र फसेकाबीच संवाद, एकभन्दा बढी व्यक्तिको आवाज सुनियो

काठमाडौं– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण

समर ट्रान्सफरमा चेल्सीको कीर्तिमानी कारोबार: ३९ खेलाडी बाहिरिँदा उठ्यो ५० करोड पाउन्ड

लन्डन – सन् २०२२ मेमा रुसी उद्योगपति रोमन एब्रोमोभिचको स्वामित्व

जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने

म्याग्दी– बाढी र कटानको उच्च जोखिममा परेको म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत