‘धड्कन’को ‘दुल्हे के सेहरा’ गाउँदा डेढ घण्टा रोएका थिए नुसरत « Khabarhub

‘धड्कन’को ‘दुल्हे के सेहरा’ गाउँदा डेढ घण्टा रोएका थिए नुसरत


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–एक गायकका लागि गीतको शब्द कति शक्तिशाली हुन्छ भन्ने कुरा बलिउडका दिवंगत उस्ताद नुसरत फतेह अली खानले गाएकाे एक गीत स्मरण गरे पुग्छ । तपाईंले फिल्म ‘धड्कन’ हेर्नुभएको छ भने फिल्मको एक गीत ‘दुल्हे के सेहरा सुहाना’ निकै चर्चित छ ।

बलिउड लाइफमा प्रकाशित समाचारअनुसार यो गीतको रेकर्डिङसँग जोडिएको किस्सा बलिउडमा निकै लोकप्रिय छ । सन् २००० मा रिलिज भएको अक्षय कुमार, सुनिल सेट्टी र शिल्पा सेट्टी अभिनित यो फिल्मको गीत ‘दूल्हे के सेहरा सुहाना’ गाउदा उस्ताद नुसरत डेढ घण्टासम्म रोएका थिए ।

यी गायक गीतको एक लाइन ‘में तेरी बाहों के झूलों में पली बाबुल’मा अड्किन्थे र रुन्थे । यो क्रम करिब डेढ घण्टासम्म चलेको थियो । यो गीतमा समीरको शब्द तथा नदीम–श्रवणको संगीत थियो ।

समीरका अनुसार नुसरतले उनको एउटै मात्र गीत गाए । तर त्यो गीत गाउदा उनी कैयौंपटक रोएका थिए । ‘जब मैले यो गीत लेखें, भित्री आत्मादेखि लेखेको थिएँ । यो गीत रेकर्ड गर्न नुसरतलाई डेढ घण्टा समय लागेको थियो । जब गीतको एक लाइन ‘में तेरी बाहों के झूलों में पली बाबुल’ आउँथ्यो, त्यो बेला उनी निकै रुन्थे’, समीरले भनेका छन् ।

गीतमा ‘बाबुल’ शब्द आउदा नुसरतले आफ्ना सन्तानहरु सम्झिएर रुने गरेको समीरले खुलाए ।

समीरले फिल्म रिलिज भएपछि हलमा गएर हेर्दा दर्शकहरु त्यो गीतको त्यही लाइन आएपछि रुने गरेको देखेको बताए ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ९ : १५ बजे

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

आयोगले भोलि निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने

काठमाडौँ- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२

सङ्खुवासभामा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभा – सङ्खुवासभामा अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार