शोलाई हिट बनाउन कलाकारको यस्तो फण्डा « Khabarhub

शोलाई हिट बनाउन कलाकारको यस्तो फण्डा


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड गायक मीका सिंहले संगीत रियालिटी शो ‘इण्डियन प्रो म्यूजिक लिग’मा गायिका भूमि त्रिवेदीसँग विवाह प्रस्ताव राखे ।

उनले शोको एक एपिसोडमा राष्ट्रिय टेलिभिजनमा ‘आफू भूमिसँग विवाह गर्ने’ भनेका थिए । भूमिलाई मीकाले प्रपोज गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

दैनिक भास्करमा प्रकाशित समाचारअनुसार यो केवल एक पब्लिसिटी स्टन्ट मात्र हो, जसमार्फत कलाकारहरु आफ्नो शोलाई चर्चामा ल्याउन चाहन्छन् । यसअघि कैयौं पटक रियालिटी शोको नाममा दर्शकको अगाडि विवाह र अफेयरको झुटो कथा देखाइएको छ ।

रियालिटी शो ‘बीग बोस १२’ प्रतिष्पर्धी जसलीन मथारुले गायक अनुप जलोटासँगको केही तस्वीर सामाजिक सञ्जालमा शेयर गरेर हंगामा मच्चाइन् । सार्वजनिक तस्वीरमा जसलीन र अनुप बेहुला बेहुली लुक्समा थिए ।

उनीहरुको तस्वीर हेरेपछि धेरैले कतै उनीहरुले विवाह गर्न त लागेका होइनन् भन्ने अनुमान पनि लगाएका थिए । तर शोबाट बाहिरिनासाथ उनीहरुले आफूहरुलाई गुरु चेलीको सम्बन्धमा राखे । उनीहरुको यो शैलीलाई धेरैले पब्लिसिटी स्टण्ट माने ।

गायिका तथा वर्तमान ‘इण्डियन आइडल’की निर्णायक नेहा कक्कड र गायक तथा वर्तमान ‘इण्डियन आइडल’का होस्ट आदित्य नारायणको विवाह हुने हुने खबरले भारतीय सञ्चारमाध्यममा राम्रो स्थान पाएको थियो ।

‘इण्डियन आइडल’को सेटमा दुवैका आमाबाबु पुगेर सम्बन्ध पक्का गर्ने कुराकानी गरेका थिए । उनीहरुले फेब्रुअरी १४ मा विवाह नै गर्ने घोषणा गरिएको थियो ।

यद्यपि त्यो हुन सकेन । किनकी आदित्यका पिता उदित नारायणले एक अन्तरवार्तामा ‘इण्डियन आइडल ११’को टीआरपी बढाउनका लागिमात्र उनीहरुको विवाहको फण्डा बनाइएको खुलाएका थिए ।

अली मर्चेन्ट र सारा खानले पनि ‘बिग बोस ४’मा विवाहको अभिनय गरेका थिए । यो काम गर्नका लागि उनीहरुले ५० लाख रुपैंयाँ पाएका थिए ।

‘बिग बोस’को घरमा भएको यो विवाहमा उनीहरुको परिवार पनि सहभागी भएका थिए । तर घरबाट बाहिरिएको एक महिनामै उनीहरु अलग्गिएका थिए ।

टेलिभिजनमा स्वयम्बरको नाममा पनि एकपटक खुबै चर्चा भयो । बलिउडकी आइटम गर्ल राखी सावन्तले ‘राखीका स्वयम्बर’ नामको शोमा एनआरई इलेशलाई आफ्नो पति बनाइन् ।

तर शोको अन्त्यमा उनले इलेशलाई विवाह नगरी इन्गेजमेन्ट गरेको बताइन् । त्यसको केही महिनापछि उनले इलेशलाई छोडिन् ।

टेलिभिजन अभिनेत्री रतन राजपुतले पनि ‘रतनका रिश्ता’ नामको टेलिभिजन शोमा दिल्लीका सफ्टवेयर इञ्जिनियरलाई आफ्नो भावी पति मानेकी थिइन् । तर शो सकिएपछि उनले ती प्रतियोगीसँग विवाह नगरी अलग हुने निर्णय लिइन् ।

राहुल महाजनले पनि रियालिटी शो ‘राहुल दुल्हनिया ले जाएगा’मा डिम्पी गांगुलीसँग विवाह गरेर चर्चा बटुलेका थिए । तर विवाहको चार महिनामा नै डिम्पीले राहुलमाथि घरेलु हिंसाको आरोप लगाउदै अलग्गिने निर्णय गरिन् ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ५ : २५ बजे

बैंकिङ कसुर र वैदेशिक रोजगार ठगी : फरार दुई व्यक्ति पक्राउ

काठमाडौं – नेपाल प्रहरीले आज दुई छुट्टाछुट्टै ठाउँबाट वैदेशिक रोजगार

सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको सुरुङ छिचोलियो

सङ्खुवासभा – सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा निमार्णाधीन सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति पौडेल

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

बुढासुब्बा गोल्डकपको सम्पूर्ण तयारी पूरा

सुनसरी – धरानमा आयोजना हुन लागेको २६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण

प्रादेशिक अस्पताल सिरहाका दुई पूर्वप्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सिरहा – प्रादेशिक अस्पताल सिरहामा बिरामीबाट सङ्कलन भएको रकममध्ये रु