नेपालमा थप १३ कोरोना संक्रमितको मृत्यु, ४९६ थपिए | Khabarhub Khabarhub

नेपालमा थप १३ कोरोना संक्रमितको मृत्यु, ४९६ थपिए


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा थप १३ कोरोना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको हो भने विभिन्न समयमा कोरोनाले ज्यान गुमाएका ५ जनाको विवरण सोही अवधिमा प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

योसँगै हालससम्म नेपालमा ३ हजार ५३ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ४९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमतिको संख्या २ लाख ८० हजार ५२४ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १३८ जना कोरोनामुक्त भएका छन् । योसँगै हालसम्म २ लाख ७४ हजार १६५ जना कोरोनामुक्त भएका छन् ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३ हजार ३०६ रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो एक साताको विवरण हेर्दा कोरोना संक्रमितको दर बढ्दो देखिएको छ । गत सोमबार चैत २३ गते नेपालमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो  भने २६६ जनामा संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी चैत २४ गते मंगलबार २६० जनामा संक्रमण पुष्टि भएको थियो । २५ गते बुधबार तीन जना कोरोना संक्रमितले ज्यान गुमाएका थिए भने २९८ जना संक्रमित थपिएका थिए ।

चैत २६ गते विहीबार संक्रमितको संख्या केही बढेको थियो ।  उक्त दिन ३३२ जनामा संक्रमण देखिएको थियो । यसैगरी चैत २७ र २८ गते  संक्रमितको संख्या क्रमशः २८८ र ३३७ थियो भने २८ गते एक संक्रमितको मृत्यु भएको थियो ।

त्यस्तै आइतबार (हिजो) ३०३ जनामा कोरोना पुष्टि भएको थियो भने २ जनाले ज्यान गुमाएका थिए । एक साताको तथ्यांक हेर्दा आज सबैभन्दा बढी ४९६ जनामा कोरोना पुष्टि भएको छ भने ज्यान गुमाउनेको संख्या पनि बढेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ५ : ०८ बजे

सुप्रिया र मायाले जिते ‘मिस एण्ड मिसेस गुरुङ’को उपाधि

काठमाडौं – ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को उपाधि सुप्रिया गुरुङ

धुलिखेल–सूर्यविनायक सडकमा रोकिएको विस्तार कार्य सुरु

काभ्रेपलाञ्चोक – वर्षाका कारण रोकिएको अरनिको राजमार्गअन्तर्गत सूर्यबिनायक–धुलिखेल सडकखण्डमा स्तरोन्नतिको

उखु किसानलाई अनुदान रकम अविलम्ब भुक्तान गर्नुपर्छः नेपाल

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

प्रदेश आमसञ्चार विधेयकबारे सरोकार भएकाहरूका चासोप्रति गम्भीर छौँ : मुख्यमन्त्री कार्की

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी प्रदेश आमसञ्चार

राहुल गान्धीको आरोप – भारतमा चुनावको मिति भाजपाले तोक्ने गरेको छ

एजेन्सी – भारतीय कांग्रेसका नेता तथा लोकसभाका प्रमुख प्रतिपक्षी नेता