काठमाडौँको एक होटेलबाट जुवा खेल्दै गरेका ११ पक्राउ, ६ लाख २६ हजार नगद बरामद  | Khabarhub Khabarhub

काठमाडौँको एक होटेलबाट जुवा खेल्दै गरेका ११ पक्राउ, ६ लाख २६ हजार नगद बरामद 


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँकाे ठमेलस्थित एक होटेलबाट प्रहरीले जुवाखेलिरहेका ११ जनालाई पक्राउ गरेको छ ।

सञ्चयकोष भवन नजिक रहेको होटल आर्य तारामा तास खेलिरहेका ११ जनालाई ६ लाख २६ हजार नगद सहित प्रहरीले पक्राउ गरेको हो ।

जुवा तास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी वृत्त दरवारमार्गबाट खटिएको प्रहरी निरीक्षक मुकेश ताम्राकार नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । जुवाखालबाट प्रहरीले ७ बुक तास समेत बरामद गरेको जानकारी दिएको छ ।

पक्राउ पर्नेमा काभ्रे धुलिखेल न.पा.६ का बर्ष-३६ का अर्जुन लामा, पाँचखाल न.पा.१ घर भएका ३० वर्षीय राज कुमार लामा, बनेपा न.पा.५ का ३५ वर्षीय रण बहादुर तामाङ, पाँचखाल न.पा.११ का ३७ वर्षीय सुर्य लामा, बनेपा न.पा.१४ का ३५ वर्षीय भुवन सिंह तामाङ, माझीफेदा-८ का ३० वर्षीय समिर तामाङ रहेको प्रहरीले जनाएको छ ।

यसैगरी रामेछाप शैलुङ गा.पा.५ का ३० वर्षीय कबिन घिसिङ, दोरम्बा गा.पा.५ का ३२ वर्षीय कर्म लामालाई पनि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो ।

त्यस्तै ओखलढुंगा खिचिकाती गा.पा.९ का ३९ वर्षीय हेम बहादुर खत्री, भक्तपुर सुर्यविनायक न.पा.८ का ३८ वर्षीय श्याम तामाङ र धादिङ ज्वालामुखी गा.पा. घर भएका ४८ को होटल सञ्चालक बासु सिंखडालाई पक्राउ गरिएको महानगरी प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ६ : ५३ बजे

इन्जुरी समयमा सालाहको गोल, लिभरपुल १–० विजयी

काठमाडौं – प्रिमियर लिगमा लिभरपुलले लगातार चौथो जित दर्ता गर्दै

एसिया कप : भारतलाई पाकिस्तानले दियो १२८ रनको लक्ष्य

काठमाडौं – एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई जितका

आन्दोलनको क्रममा चोरी भएका सामग्री फिर्ता गर्न अख्तियारको अनुरोध

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौ २४ गते भएको

देशभर बदली, राति यी स्थानमा हुनेछ भारी वर्षा

काठमाडौं – आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी

चलचित्र भवन सोमबारदेखि खुल्ने

काठमाडौं – ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र