लेभान्टेसँग बराबरीमा रोकियो बार्सिलोना, उपाधि होड कमजोर « Khabarhub

लेभान्टेसँग बराबरीमा रोकियो बार्सिलोना, उपाधि होड कमजोर


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्पेनिस ला उपाधि दाबेदार मानिएको बार्सिलोना लेभान्टेसँग बराबरीमा रोकिएको छ ।

घरेलु मैदानमा लेभान्टेले बार्सिलोनालाई ३–३ गोलको बराबरीमा रोक्दै अंक खोसेको हो ।

बार्सिलोनाका लागि कप्तान लियोनेल मेस्सी, पेड्री र औसमाने डेम्वेलेले गोल गर्दा लेभान्टेका गोन्जालो मेलेरो, जोस लुइस मोरालेस र सर्जियो लिओनले गोल फर्काए ।

पछिल्लो दुई खेलमा बार्सिलोनाको यो दोस्रो बराबरी हो । यसअघि बार्सिलोनाले शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँग गोलरहित बराबरी खेलेको थियो ।

लेभान्टेसँगको बराबरीमा रोकिएसँगै बार्सिलोनाको उपाधि होड कमजोर भएको छ ।

३६ खेलबाट ७६ अंकसहित दोस्रो स्थानमा रहेको बार्सिलोनाभन्दा  एक खेल कम खेलेको एट्लेटिको म्याड्रिड ७७ अंकसहित शीर्ष स्थानमा छ ।

एक खेल कम खेलेको रियल ७५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ६ : ५५ बजे

अब प्रधानमन्त्री कार्यालय परिसर छिर्नै बालेनको सचिवालयको अनुमति चाहिने

काठमाडौँ- शुक्रबार देशले नयाँ प्रधानमन्त्री पाउँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीका

सिंहदरबारमा बालेनको आसन तयार, उत्तर फर्काएर राखियो कुर्सी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता तथा वरिष्ठ

अभौतिक मुद्राको कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ

काठमाडौँ । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट एक

चुमनुब्रीको फिलिममा मोटर पुग्यो

गोरखा – चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा मोटर पुगेको छ

सदन प्रतिपक्षको हुनेछ, पहिलो बैठक छिटो बोलाउनु : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको