नेताप्रति राता मकैको कटाक्षः ‘आफ्नो दिमाग पनि फेर’ « Khabarhub

नेताप्रति राता मकैको कटाक्षः ‘आफ्नो दिमाग पनि फेर’


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–हास्य कलाकार किरण केसी ‘राता मकै’ नेपाली हास्य विधामा चिनाइरहनुपर्ने नाम होइन । किरण जति राम्रो अभिनय गर्छन्, उनी नै राम्रो प्रहसन पनि गर्छन् ।

उनी अभिनय गर्छन् । गीत गाउछन् । सँगै समाजसेवा पनि गर्छन् । समय–समयमा सामाजिक सञ्जालमा सामाजिकसँगै राजनीतिक विषयमा आफ्ना धारणा सार्वजनिक गरिरहन्छन् ।

संसदबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएपछि उनी अहिले कामचलाउको हैसियतमा काम गरिरहेका छन् । उनी कामचलाउ बनेपछि नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र जसपा नयाँ सरकार बनाउने रस्साकस्सीमा व्यस्त छन् ।

यही परिप्रेक्ष्यमा किरणले बुधबार सामाजिक सञ्जालमा प्रधानमन्त्री फेर्ने विषयमा नेताप्रति लक्षित गर्दै व्यंग्य लेखेका छन् ।

‘तपाईहरू प्रधानमन्त्री फेर्नुहोस्, ‘तपाईहरू भन्नै मन लागेन’ । तिमीहरू मन्त्री फेर, मुख्यमन्त्री फेर, सचिव फेर, राजदुत फेर, संवैधानिक अंगका प्रमुखहरू फेर,’ उनी लेख्छन्, ‘र साथसाथै आफ्नो दिमाग पनि फेर । काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर भन्या जस्तो ।

उनले जनतालाई सास फेर्न गाह्रो भैसकेको उल्लेख गर्दै राजनीतिलाई ‘गन्धा राजनीति’को संज्ञा दिएका छन् ।

‘जनताहरूलाई सास फेर्न गाह्रो भैसक्यो, सास फेर्न । छिछिछि गन्धा राजनीति । सबैलाई चेतना भया !!!’ उनले लेखेका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  १० : ४० बजे

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन