फिल्ममा चुम्बन नचाहने यी कलाकार « Khabarhub

फिल्ममा चुम्बन नचाहने यी कलाकार


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउड अभिनेता सलमान खानले फिल्म ‘राधेः योर मस्ट वान्टेड भाइ’को ट्रेलरमा अभिनेत्री दिशा पाटनीलाई चुम्बन गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल बन्यो ।

फिल्ममा ‘नो किसिङ पोलिसी’ अपनाउने सलमानले दिशालाई चुम्बन गरेको देख्दा कतै उनले आफ्नो पोलिसीलाई परिवर्तन त गरेका होइनन् भन्ने आशंका पनि उब्जिए । तर सलमानले आफूले मुखमा टेप टासेर चुम्बन गरेको जवाफ दिए ।

दैनिक भास्करका अनुसार बलिउडमा सलमानबाहेक अन्य कलाकारहरुले पनि ‘नो किसिङ पोलिसी’ अपनाएका छन् । जसमा अभिनेत्री सनी लियोनीदेखि अभिनेता अली जफरसम्म पर्छन् ।

अभिनेत्री सनी लियोनी कुनै समय एडल्ट स्टार थिइन् । अहिले यिनी बलिउड अभिनयमा व्यस्त छिन् । उनी कुनै पनि फिल्ममा सम्झौता गर्दा आफूले चुम्बन दृश्य नदिने शर्त राख्छिन् ।

सनी अन्तरंग दृश्य दिनमा कुनै अप्ठ्यारो मान्दिनन् । तर उनलाई चुम्बन दृश्य दिन असहज लाग्छ ।

बलिउडका कैयौं रोमान्टिक फिल्ममा अभिनय गरिसकेका अभिनेता अजय देवगनले कैयौं वर्ष अघि नै अनस्क्रिन किस गर्न अस्वीकार गरिसकेका छन् ।

उनले कैयौं फिल्ममा रोमान्स गरे पनि अभिनेत्रीलाई अहिलेसम्म चुम्बन गरेका छैनन् ।

अभिनेत्री सोनाक्षी सिन्हा पनि क्यामराको अगाडि चुम्बन दृश्य दिन डराउछिन् । फिल्म ‘होलिडे’मा अक्षय कुमारसँग एक चुम्बन दृश्य दिनुपर्ने हुँदा उनले त्यसलाई अस्वीकार गरेकी थिइन् ।

चाँडै नै फिल्म ‘हंगामा २’बाट बलिउडमा कमव्याक गर्न लागेकी अभिनेत्री शिल्पा सेठ्ठी ‘नो किसिङ पोलिसी’को अर्को सदस्य हुन् । उनले करियरको सुरुवाती समयमा कैयौं बोल्ड दृश्य दिए पनि उनले चुम्बन दृश्य भने दिएकी छैनन् ।

अभिनेता आमिर खानका साथ फिल्म ‘गजनी’बाट बलिउडमा डेब्यू गरेकी अभिनेत्री असिन फिल्ममा चुम्बनबाट टाढै बस्छिन् । उनी क्यामराको अगाडि चुम्बन गर्न असहज महशुस गर्छिन् ।

‘चश्मे बद्दूर’ र ‘मेरे ब्रदरकी दुल्हन’ जस्ता फिल्ममा अभिनय गरिसकेका पाकिस्तानी अभिनेता अली जफर फिल्ममा चुम्बन चाहदैनन् । अभिनेत्री अदिती राव हैदरीसँग फिल्म ‘लण्डन पेरिस न्यूयोर्क’मा अभिनय गरेका उनले यो फिल्ममा बडी डबल गरेर चुम्बन दृश्य दिएका थिए ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  १२ : १५ बजे

मानव अधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत एमाले जाने

काठमाडौं– जेन-जी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनलाई लिएर नेकपा

बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा

नेपालगञ्ज– किसानलाई आवश्यक पर्ने रासायनिक मल बाँकेमा मौज्दात रहे पनि वितरण

सशस्त्रले नियन्त्रणमा लिएका ७७९ विद्युतीय गाडीबारे सरकारले बनायो छानबिन समिति

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले राजस्व छलीको आशंकामा विभिन्न स्थानबाट

सगरमाथा क्षेत्रमा एक सातापछि जीवितै भेटिएका शेर्पाको स्वास्थ्यमा सुधार 

काठमाडौं– सगरमाथा आधार शिविरमा बेपत्ता भएर एक सातापछि जीवितै उद्धार

सुधन गुरुङबारे छानबिन समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन 

काठमाडौं – तत्कालीन गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रतिवेदन