कोरोना महामारीमा पनि रातो मच्छिन्द्रनाथको रथारोहण « Khabarhub

कोरोना महामारीमा पनि रातो मच्छिन्द्रनाथको रथारोहण


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना महामारीमा पनि वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको यस वर्षको रथारोहण सम्पन्न भएको छ ।

हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने चलनानुसार आज साँझ छ बजेर १७ मिनेटमा रथारोहण गराइएको हो ।

आवश्यक विधि अपनाएर जयजयकारसहित करुणामयलाई रथमा साँझ विराजमान गराइएको रथ निर्माणमा संलग्न ञँवाल सूर्यमान डंगोलले बताए । उनले भने, “हरेक वर्षझैँ पुल्चोकको दमकलचोकस्थित जोगाम्बर पीठमा निर्माण भएको रथमा यस वर्ष पनि मच्छिन्द्रनाथलाई विराजमान गराइयो । ”

आजको चार दिन अर्थात् आउँदो शनिबार मच्छिन्द्रनाथलाई पुल्चोकबाट तानेर गाःबहाल लगिने नियमानुसार यस वर्ष भने विश्वभरि फैलिँदै गइरहेको नयाँ भेरिएन्टको कोभिड महामारीलाई ध्यानमा राखी केही परसम्म मात्र तानेर लगिने भइरहेको डंगोलले जानकारी गराए ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  १० : ३४ बजे

आज २०८३ साल भदौ २५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २५ गते बिहीबार सन् २०२६

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले