मलेसियामा दुई साता लकडाउन थप « Khabarhub

मलेसियामा दुई साता लकडाउन थप


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- विश्वब्यापी महामारीको रूप लिएको कोरोना भाइरसको दोस्रो लहर तीव्र गतिमा फैलिएपछि मलेसियाले जारी लकडाउन दुई साता बढाएको छ ।

दोस्रो चरणको लकडाउन जुन १५ देखि २८ सम्म हुने मलेसियाका मन्त्री दातुक सेरी स्मैल साबरी याकोबले जानकारी दिए ।

लकडाउनमा अत्यावश्यक आर्थिक र सेवा क्षेत्र बाहेक सम्पूर्ण कामकाज बन्द नै रहनेछन् । कोरोना संक्रमित क्रमशःबढ्दै गइरहेकाले थप स्वास्थ्य संकट आउन नदिन अर्थात् संक्रमणलाई नियन्त्रण गर्न देशैभर पूर्ण रुपमा लकडाउन गरिएको मलेसिया सरकारले जनाएको छ ।

मलेसियाले यसअघि जुन १४ सम्मको लागि लकडाउनको समय तोकेको थियो । लकडाउन थपिएसँगै बाहिर ननिस्कन र घरमै बसेर सुरक्षित रहन त्यहाँस्थित नेपाली दूतावासले सबैमा नेपाली समुदायलाई अनुरोध गरेको छ ।

लकडाउनको अवधिमा पनि दूतावासले नेपालीहरुको समस्यालाई मध्यनजर गर्दै अत्यावश्यक र कन्सुलर सेवाको निम्ति दूतावास बिहान १० देखि दिउँसो ३ बजेसम्म कार्यालय खुल्ला गरी सेवा प्रदान गरिरहेको छ ।

मलेसियमा यो समाचार तयार पार्दासम्म कोरोना सङ्क्रमितको सङ्ख्या ६ लाख ४६ हजार ४११ पुगेको छ । उपचारपछि निको हुनेको सङ्ख्या ५ लाख ६३ हजार ७७९ पुगेको छ भने अहिलेसम्म संक्रमणबाट ३ हजार ७६८ जनाको मृत्यु भएको मलेसियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपाली दूतावाससंग आधिकारिक तथ्यांङ्क नभए पनि त्यहाँ ठूलो संख्या नेपाली कामदारहरु कोरोना सङ्क्रमित भएको  बताईएको छ ।

अहिलेसम्म संक्रमणबाट मलेसियामा ९ जना नेपालीको मृत्यु भएको छ । मलेसियामा विभिन्न क्षेत्रमा गरी करिव ४ लाख नेपाली कामदार कार्यरत रहेको पाइन्छ ।

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  १२ : ५२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना