हिंसात्मक आलोचनाको पनि कांग्रेसमा स्थान छैन, वैद्यको अभिव्यक्ति स्वीकार्य छैन: थापा « Khabarhub

हिंसात्मक आलोचनाको पनि कांग्रेसमा स्थान छैन, वैद्यको अभिव्यक्ति स्वीकार्य छैन: थापा


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेपाली कांग्रेसका नेता गगन थापाले वाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले दिएको अभिव्‍यक्‍ति पार्टीलाई स्‍वीकार्य नभएको बताएका छन् ।

उनले अहिंसात्मक राजनीतिमा विश्वास गर्ने कांग्रेसले संघर्षमा मात्र हैन आलोचनामा पनि हिंसालाई स्थान दिन नसक्ने बताएका छन् ।

दलको नेताको निर्देशन अनुसार आत्मालोचना गर्दै आफ्नो अभिव्यक्ति अविलम्ब फिर्ता लिन उनले वैद्यलाई सुझाएका छन्  ।

‘नरोत्तम वैद्यको प्रदेश सभाको अभिव्यक्ति हामी कसैलाई पनि स्वीकार्य छैन,’ ट्वीटरमा थापाले लेखेका छन्, ‘मलाई विश्वास छ,  दलको नेताको निर्देशन अनुसार आत्मालोचना गर्दै आफ्नो अभिव्यक्ति अविलम्ब फिर्ता लिनुहुनेछ । अहिंसात्मक राजनीतिमा विश्वास गर्ने कांग्रेसमा संघर्षमा मात्र हैन आलोचनामा पनि हिंसालाई कुनै स्थान हुँदैन ।’

वैद्यले शुक्रबार प्रदेशसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता जोगाउन जस्तोसुकै सम्झौता गरेको आरोप लगाउँदै आफू नाथुराम गोड्से बन्‍न तयार रहेको अभिव्‍यक्‍ति दिएका थिए ।

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  १० : ०५ बजे

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

भारतले पठायो थप ३५ टन राहत सामग्री

काठमाडाैं – विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि भारतले थप ३५

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा