हिंसात्मक आलोचनाको पनि कांग्रेसमा स्थान छैन, वैद्यको अभिव्यक्ति स्वीकार्य छैन: थापा « Khabarhub

हिंसात्मक आलोचनाको पनि कांग्रेसमा स्थान छैन, वैद्यको अभिव्यक्ति स्वीकार्य छैन: थापा


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेपाली कांग्रेसका नेता गगन थापाले वाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले दिएको अभिव्‍यक्‍ति पार्टीलाई स्‍वीकार्य नभएको बताएका छन् ।

उनले अहिंसात्मक राजनीतिमा विश्वास गर्ने कांग्रेसले संघर्षमा मात्र हैन आलोचनामा पनि हिंसालाई स्थान दिन नसक्ने बताएका छन् ।

दलको नेताको निर्देशन अनुसार आत्मालोचना गर्दै आफ्नो अभिव्यक्ति अविलम्ब फिर्ता लिन उनले वैद्यलाई सुझाएका छन्  ।

‘नरोत्तम वैद्यको प्रदेश सभाको अभिव्यक्ति हामी कसैलाई पनि स्वीकार्य छैन,’ ट्वीटरमा थापाले लेखेका छन्, ‘मलाई विश्वास छ,  दलको नेताको निर्देशन अनुसार आत्मालोचना गर्दै आफ्नो अभिव्यक्ति अविलम्ब फिर्ता लिनुहुनेछ । अहिंसात्मक राजनीतिमा विश्वास गर्ने कांग्रेसमा संघर्षमा मात्र हैन आलोचनामा पनि हिंसालाई कुनै स्थान हुँदैन ।’

वैद्यले शुक्रबार प्रदेशसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता जोगाउन जस्तोसुकै सम्झौता गरेको आरोप लगाउँदै आफू नाथुराम गोड्से बन्‍न तयार रहेको अभिव्‍यक्‍ति दिएका थिए ।

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  १० : ०५ बजे

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द