नेताको सुरक्षाका लागि जे पनि गर्न तयार छौँ, वैद्यलाई तुरून्त पक्राउ गरियोस् : बस्नेत « Khabarhub

नेताको सुरक्षाका लागि जे पनि गर्न तयार छौँ, वैद्यलाई तुरून्त पक्राउ गरियोस् : बस्नेत


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्ने धम्की दिएको भन्दै कांग्रेस प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई तुरून्त पक्राउ गरि कारबाही गर्न माग गरेका छन् ।

शुक्रबार वाग्मती प्रदेशसभामा सम्बोधन गर्दै वैद्यले ओलीले सत्ता जोगाउन जे पनि गरिरहेकाले देश जोगाउन नाथुराम गोड्से बन्न आफू तयार रहेको  बताएका थिए ।

लगत्तै नेता बस्नेतले उनलाई तुरून्त पक्राउ गरि कारबाही नगरिए एमाले नेताको रक्षाका लागि कार्यकर्ता जे पनि गर्न तयार रहेको चेतावनी दिएका छन् ।

उनले महात्मा गान्धीलाई जस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि मार्ने षडयन्त्र बनाएको हो भन्दै कांग्रेसलाई प्रश्न समेत गरेका छन् ।

‘माहात्मा गान्धीलाई जस्तै प्रधानमन्त्री के पी शर्मा ओलीलाई मार्ने षडयन्त्र कांग्रेसले बनाएको हो त ? गान्धीका हत्यारा नाथुराम गोड्से बन्न तयात छु भनेर कांग्रेसको नरोत्तम बैद्यले प्रदेश शभामा खुल्लम खुल्ला बोलिरहेका छन् । यो मान्छेलाई तुरुन्त पक्राउ गरेर सरकारले कारबाही गर्नु पर्दछ,’ बस्नेतले फेसबुकमा लेखेका छन्, ‘अन्यथा जनताको आक्रोश प्रकट भएर यस्ता ब्यक्तीलाई सडकमै प्रतितोध गर्न सक्छन् । त्यस्तो अप्रीय घटना घटनु भन्दा अगाडी सरकार सचेत हुनु पर्दछ । के पी ओलीलाई मार्ने योजना बनाईरहँदा याद गर उहाँको लागि मर्न र मार्न तयार भएका हजारौँ समर्थक र शुभचिन्तक आफ्नो ज्यान दिन तयार छन् । मदन भण्डारीको रहस्यमय हत्याबाट प्रताडित जनसमुदाय र एमाले कार्यकर्ता आफ्नो नेताको रक्षा गर्न जे गर्न पनि तयार छन् ।’

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  १० : ३५ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र