बसुन्धारामा स्कुटर दुर्घटना हुँदा एकको मृत्यु | Khabarhub Khabarhub

बसुन्धारामा स्कुटर दुर्घटना हुँदा एकको मृत्यु


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँको बसुन्धारामा स्कुटर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौं महानगरपालिका–३ बसुन्धारमा बा ३४ प १७५२ नम्बरको स्कुटर आफैं अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्दिा चालकको मृत्यु भएको हो ।

प्रहरीका अनुसार शुक्रबार राति भएको दुर्घटनामा चितवनको भरतपुर महानगरपालिका–२२ घर भई हाल काठमाडौँ मनमैजु बस्ने ३३ वर्षीय रोहन त्रिपाठीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल बसुन्धरामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  २ : १७ बजे

मुख्यमन्त्री शाह र धनगढी उप-महानगरपालिका नगर प्रमुख हमालबीच भेटवार्ता

काठमाडौं– सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कमल बहादुर शाह र धनगढी उप-महानगरपालिका

हस्ताक्षर अभियानबारे शेखरको अडान : सरकारले गर्ने अरू धेरै काम छन्, अलोकप्रिय कदम नचालौँ

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मंगलबार सिंहदरबारस्थित संसदीय

चट्याङ लागेर एक जनाको मृत्यु, सात घाइते

बागमती– चट्याङ लागेर मकवानपुरको मनहरी गाउँपालिका– ६ हाङलाङमा आज एक

कैलालीको गेटा आँखा अस्पतालबाट दुई लाख ८० हजारले लिए सेवा

कैलाली– कैलालीको गेटा आँखा अस्पतालबाट गत आर्थिक वर्ष २०८१/८२ मा