एकैदिन ६ हजार २९५ जनाले जिते कोरोना, निको हुने दर ८६.९ प्रतिशत « Khabarhub

एकैदिन ६ हजार २९५ जनाले जिते कोरोना, निको हुने दर ८६.९ प्रतिशत


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार २९५ जनाले कोरोना भाइरसलाई जितेका छन् । यससँगै नेपालमा कोरोना संक्रिमत भई निको हुनेको संख्या पाँच लाख २७ हजार १११ पुगेको छ ।

पछिल्ला केही दिन यता देशभर कोरोना संक्रमित हुने भन्दा निको हुनेको दर बढी रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निको हुने दर ८६.९ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३८४ जना संक्रमित थपिँदा ६ हजार २९५ जना निको भएका हुन् ।

मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ५०६ जनाको पीसीआर परीक्षणमा २ हजार ३८२ र ५ हजार ९८८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार २ जना गरी कुल ३ हजार ३८४ जना कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप ६१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  ६ : ०९ बजे

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज