एकैदिन ६ हजार २९५ जनाले जिते कोरोना, निको हुने दर ८६.९ प्रतिशत « Khabarhub

एकैदिन ६ हजार २९५ जनाले जिते कोरोना, निको हुने दर ८६.९ प्रतिशत


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार २९५ जनाले कोरोना भाइरसलाई जितेका छन् । यससँगै नेपालमा कोरोना संक्रिमत भई निको हुनेको संख्या पाँच लाख २७ हजार १११ पुगेको छ ।

पछिल्ला केही दिन यता देशभर कोरोना संक्रमित हुने भन्दा निको हुनेको दर बढी रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निको हुने दर ८६.९ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३८४ जना संक्रमित थपिँदा ६ हजार २९५ जना निको भएका हुन् ।

मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ५०६ जनाको पीसीआर परीक्षणमा २ हजार ३८२ र ५ हजार ९८८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार २ जना गरी कुल ३ हजार ३८४ जना कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप ६१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  ६ : ०९ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना