चुट्किला : भैंसीलाई खुवाउनुपर्ने « Khabarhub

चुट्किला : भैंसीलाई खुवाउनुपर्ने


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एकजना किसान मन्दिरमा प्रवचन सुन्न गए । प्रवचन सुन्ने अरु कोही थिएनन् । उनी एक्लै थिए । पण्डित एकछिन कोही आउँछन् कि भनेर पर्खिए अनि किसानसँग तिमी एक्लै भए पनि प्रवचन सुन्छौ ? भनेर प्रश्न गरे ।

भैहाल्छ नि, किसानले भन्यो । मसँग चालीसवटा भैंसी छन् तर पनि दाना खुवाउने बेलामा मेरो अगाडि एउटा मात्रै भैंसी छ भने पनि दाना खुवाउँछु नि ।

पण्डितले प्रवचन सुरु गरे । एक घण्टा बित्यो, दुई घण्टा बित्यो । चार घण्टा बित्यो र अझै आधा घण्टा प्रवचन गरेपछि पण्डितको बोली रोकियो र उनले किसानसँग सोधे–प्रवचन कस्तो लाग्यो ?

मैले अघि नै भने नि पण्डितजी… किसान बिस्तारै बोल्यो– मसँग चालीस वटा भैंसी छन्, जसलाई मैले दाना खुवाउनुपर्छ तर दाना खुवाउने समयमा मेरो अगाडि एउटा मात्र भैंसी छ भने चालीसवटा भैंसीलाई ख्वाउनुपर्ने सबै दाना एउटै भैंसीलाई कदापि ख्वाउँदिन ।

नयाँ सुट हो

एक प्रसिद्ध अभिनेत्रीले अर्की अभिनेत्रीलाई भनी,“आज तिम्रो पति एकदमै सुन्दर देखिएको छ । शायद यसको कारण उसको नयाँ सुट हो ।”
प्रसिद्ध अभिनेत्रीले जवाफ दिई–“होइन साँचो कारण त यो हो कि पति नै नयाँ हो ।”

गाडीभित्र फ्याँकिदिनुस्

आमा– छोरा आज तैंले धेरै राम्रो काम गरिस् सुन्तलाको बोक्रा गाडीभित्र फ्याँकिदिनुस् । परन्तु तैंले बोक्रा कहाँ फ्याँकिस् ?
छोरी – मैले चुपचाप मेरो नजिकै बसेको मान्छेको खल्तीमा हालिदिएँ ।

साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ५ : ३० बजे

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम– वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बनेका छन् ।

आशिकाको आक्रोश : विदेशमा मृत्यु भएका नेपालीको शव ल्याउन सरकारले चासो देखाएन

काठमाडौं– रास्वपा सांसद आशिका तामाङले विदेशमा मृत्यु भएका नेपालीहरूको शव

भारतीय सेना प्रमुखलाई नेपालको मानार्थ महारथीको दर्जा

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेना प्रमुख धिरज सेठलाई नेपाली

सर्वोच्चमा बहस : सामाजिक सञ्जालमा सार्वजनिक भएको कुरा समाचार बनाउनु अपराध होइन

काठमाडौं– वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई समाचार लेखेकै विषयमा पक्राउ गरिएको

बागमतीका मुख्यमन्त्री इन्द्र बानियाँले दिए राजीनामा

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका छन्