धारा ७६ (५) मा सांसदलाई ह्वीप लाग्दैन : सर्वोच्च अदालत « Khabarhub

धारा ७६ (५) मा सांसदलाई ह्वीप लाग्दैन : सर्वोच्च अदालत


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी मुद्दामा फैसला सुनाउँदै संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनको प्रक्रियामा दलको ह्वीप नलाग्ने ठहर गरेको छ ।

संविधानको धारा ७६ (५) को प्रधानमन्त्रीले विश्वासको मत लिँदा मत दिने सांसदहरुलाई ह्वीप उल्लंघनको कारबाही गर्न नमिल्ने सर्वोच्चको ठहर छ । सोमबार सर्वोच्चले विघटित संसदलाई पुनर्स्थापना गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियक्त गर्न परमादेश जारी गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) अनुसारको सरकार गठन प्रक्रिया शुरु गरेपछि देउवालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षका गरी १४६ सांसदले प्रधानमन्त्रीमा समर्थन गरेका थिए ।

सर्वोच्चको फैसला अनुसार अब कुनै पनि दलका सांसदले अर्को दलका नेतालाई प्रधानमन्त्रीमा समर्थन गरे दलको ह्वीप नलाग्ने भएको छ । यो आदेशले देउवालाई प्रधानमन्त्री बनाउन समर्थन जनाएको एमालेको माधव नेपाल पक्षका सांसदलाई सहज बनाइ दिएको छ । उनीहरूले संसदमा देउवालाई मत दिन चाहेमा ह्वीप लाग्ने छैन ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  २ : ०४ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध

भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

कपिलवस्तु – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

भदौ २४ को विध्वंसमा संलग्नलाई कारबाही नभएसम्म आवाज उठाइरहन्छु : एमाले सचिव बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले गत वर्ष भदौ

अब किम्रुङखोलाको जोखिम छैन : वडाध्यक्ष गुरुङ

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको

‘आगोले संरचना जलाए पनि इतिहास र विरासत ढाल्न सक्दैन’ : वसन्त चौधरी

काठमाडौँ – प्रसिद्ध उद्योगी एवं साहित्यकार वसन्त चौधरीले गत वर्ष