चौथो विवाह गर्दै टम क्रुज « Khabarhub

चौथो विवाह गर्दै टम क्रुज


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(बलिउड लाइफ)– हलिउड अभिनेता टम क्रुज आफ्नो फिल्म ‘मिसन इम्पोसिबल’की अभिनेत्री हेली ऐटवेलसँगको सम्बन्धलाई लिएर चर्चामा छन् । उनीहरुले आफ्नो सम्बन्धलाई आधिकारिक रुपमा नखुलाए पनि उनीहरुको गतिविधिले एकापसमा प्रेममा छन् भन्ने कुरा प्रष्ट खुलाएको छ ।

आइतबार टम विम्बलडन फाइनल हेर्नका लागि स्टेडियम पुगेका थिए । उनीसँग हेली पनि थिइन् । उनीहरु निकै कुराकानी गरिरहेका थिए । कैयौं पटक उनीहरु कानेखुशी गर्दै हाँसेको देखिन्थ्यो ।

उनीहरुसँग ‘मिशन इम्पोसिबल ७’की अभिनेत्री पाम क्लेमेन्टिफ पनि देखिएकी छन् । तिनैजना एक भिडियोमा कुराकानी गरेको र हाँसेको देख्न सकिन्छ । हेलीले उनीहरुको एक तस्वीरलाई आफ्नो इन्स्टाग्राममा राखेकी छन् । ‘टम र पाम स्ट्राबेरी र क्रिम’ उनले क्याप्सन लेखेकी छन् ।

टम र हेलीबीचको सम्बन्धका बारेमा गत वर्षको डिसेम्बरबाट चर्चा सुरु भएको हो । उनीहरु अर्को फिल्ममा एकापसमा नजिकिएपछि प्रेममा परेका हुन् । गत वर्षको लकडाउनले उनीहरुलाई झन नजिक बनाइदियो । उनीहरु चाँडै नै विवाह गर्ने योजनामा रहेको सञ्चारमाध्यमले जनाएका छन् ।

टमले यसअघि नै तीन विवाह गरिसकेका छन् । जुन विवाह धेरै लामो समयसम्म टिकेन । टमले पहिलो विवाह मिमी रोजर्ससँग गरेका थिए । तर उनीसँग अलग्गिएपछि उनको नाम निकोल किडमेनसँग जोडियो । निकोलसँग विवाह गरेको ११ वर्षपछि उनीहरु अलग्गिए । त्यसपछि उनले केटी होम्ससँग विवाह गरे । सन् २०१२ उनले केटीसँग पनि सम्बन्धविच्छेद गरे ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  २ : ४५ बजे

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि