चौथो विवाह गर्दै टम क्रुज « Khabarhub

चौथो विवाह गर्दै टम क्रुज


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(बलिउड लाइफ)– हलिउड अभिनेता टम क्रुज आफ्नो फिल्म ‘मिसन इम्पोसिबल’की अभिनेत्री हेली ऐटवेलसँगको सम्बन्धलाई लिएर चर्चामा छन् । उनीहरुले आफ्नो सम्बन्धलाई आधिकारिक रुपमा नखुलाए पनि उनीहरुको गतिविधिले एकापसमा प्रेममा छन् भन्ने कुरा प्रष्ट खुलाएको छ ।

आइतबार टम विम्बलडन फाइनल हेर्नका लागि स्टेडियम पुगेका थिए । उनीसँग हेली पनि थिइन् । उनीहरु निकै कुराकानी गरिरहेका थिए । कैयौं पटक उनीहरु कानेखुशी गर्दै हाँसेको देखिन्थ्यो ।

उनीहरुसँग ‘मिशन इम्पोसिबल ७’की अभिनेत्री पाम क्लेमेन्टिफ पनि देखिएकी छन् । तिनैजना एक भिडियोमा कुराकानी गरेको र हाँसेको देख्न सकिन्छ । हेलीले उनीहरुको एक तस्वीरलाई आफ्नो इन्स्टाग्राममा राखेकी छन् । ‘टम र पाम स्ट्राबेरी र क्रिम’ उनले क्याप्सन लेखेकी छन् ।

टम र हेलीबीचको सम्बन्धका बारेमा गत वर्षको डिसेम्बरबाट चर्चा सुरु भएको हो । उनीहरु अर्को फिल्ममा एकापसमा नजिकिएपछि प्रेममा परेका हुन् । गत वर्षको लकडाउनले उनीहरुलाई झन नजिक बनाइदियो । उनीहरु चाँडै नै विवाह गर्ने योजनामा रहेको सञ्चारमाध्यमले जनाएका छन् ।

टमले यसअघि नै तीन विवाह गरिसकेका छन् । जुन विवाह धेरै लामो समयसम्म टिकेन । टमले पहिलो विवाह मिमी रोजर्ससँग गरेका थिए । तर उनीसँग अलग्गिएपछि उनको नाम निकोल किडमेनसँग जोडियो । निकोलसँग विवाह गरेको ११ वर्षपछि उनीहरु अलग्गिए । त्यसपछि उनले केटी होम्ससँग विवाह गरे । सन् २०१२ उनले केटीसँग पनि सम्बन्धविच्छेद गरे ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  २ : ४५ बजे

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा

जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

जुम्ला– साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा एक हजार ४९

कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना

म्याग्दी– केही दिनअघिसम्म घर थिए । गोठ थिए । खेतबारी

क्यालिनिनग्राडमाथि हमला भए परमाणु हतियार प्रयोग गर्न सक्ने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाल्टिक क्षेत्रमा रहेको रुसी भूभाग