फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्र्याकमा ल्याएको छ : देउवा « Khabarhub

फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्र्याकमा ल्याएको छ : देउवा


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै लोकतान्त्रिक विधिको शासनलाई जोगाएको प्रतिक्रिया दिएका छन् ।

उनले अदालतले निष्पक्ष फैसला गरेको बताएका हुन् । सभापति देउवाले अदालतले संविधान विपरीत गरिएका कदमलाई सच्याएको बताउँदै अदालतको फैसला ऐतिहासिक भएको उल्लेख गरे ।

देउवाले विज्ञप्ति जारी गर्दै फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्रयाकमा ल्याएको बताएका हुन् । उनले स्वतन्त्र न्यायपालिकाप्रतिको आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको बताएका छन् ।

देउवाले भनेका छन्, ‘देश र जनताको हितमा संयम र एकतासाथ समर्पित भएर कार्य गर्न हामी सबैलाई फैसलाले अझ जिम्मेवार बनाएको छ । कसैले पनि यसलाई ब्यक्तिगत जीत हारको बिषयका रूपमा नलिई लोकतन्त्र, लोकतान्त्रिक संविधान अनि समग्रमा देश र जनताको हितमा उपयोग गरेर जानुपर्दछ भन्ने अपील र आग्रह पनि म गर्न चाहन्छु ।’

यस्तै, उनले सरकार गठनका विषयमा पाँच दलको छलफल भइरहेको बताए । सर्वोच्च अदालतले आज प्रतिनिधिसभा विघटन बदर गरिदिएको छ । यस्तै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चले परमादेश जारी गरेको छ ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ४ : २९ बजे

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा

जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

जुम्ला– साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा एक हजार ४९

कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना

म्याग्दी– केही दिनअघिसम्म घर थिए । गोठ थिए । खेतबारी

क्यालिनिनग्राडमाथि हमला भए परमाणु हतियार प्रयोग गर्न सक्ने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाल्टिक क्षेत्रमा रहेको रुसी भूभाग