अमेरिका र चीनबाट खोप आएसँगै भोलिदेखि फेरि खोप अभियान, यी उमेर समूहका व्यक्ति प्राथमिकतामा  « Khabarhub

अमेरिका र चीनबाट खोप आएसँगै भोलिदेखि फेरि खोप अभियान, यी उमेर समूहका व्यक्ति प्राथमिकतामा 


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अमेरिका तथा चीनबाट कोरोना भाइरस विरुद्धको खोप आएसँगै भोलिदेखि फेरि मुलकभर खोप अभियान सञ्चालन गर्ने भएको छ ।

मन्त्रालयले सूचना जारी गर्दै लक्षित समूह छुट्याएर खोप अभियान सञ्चालन गर्न लागेको जानकारी दिएको हो । आज बसेको मन्त्रीस्तरको बैठकले थप खोप कार्यक्रम भोलिबाट नै सुरू गर्ने निर्णय गरेको हो।

मन्त्रालयले ५५ वर्ष र सो माथिका उमेर समुह तथा पहिलो डोज लगाएकालाई खोप लगाइने जानकारी दिएको हो ।

त्यसैगरी, विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी, यातायतमा कार्यरत, चालक र सहचालक, नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी सबै व्यक्ति र खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरूलाई प्राथमिकतामा राखिएको छ ।

यसैगरी ५० वर्षदेखि ५४ वर्ष उमेर समूहका कोभिडविरुद्ध पहिलो मात्रा खोप लगाउन बाँकी सबै नागरिकहरुले अमेरिकाले उपलब्ध गराएको जोनसेन एण्ड जोनसेन खोप लगाउन पाउने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार सो खोप पूर्ण र अति अशक्त अपाङ्गता भएका (वर्ग क र ख), हाल नेपालमा बसोवास गरेका शरणार्थी, (यसअघिको अभियानमा खोप लगाउन छुटेका) स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीहरुलाई प्रदान गरिने छ ।

यस्तो छ सूचना

 

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ६ : १५ बजे

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन